
काठमाडौँ, फागुन २८-
प्रधानमन्त्री केपी शर्मा ओलीले बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले यस घटनाको सरकारले छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गत फागुन २४ गते संघका अध्यक्ष गुरुङको वनस्थलीस्थित घरमा बम पड्काइएको बारेमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न गएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको धारणा राखे । उनले हिंसा र विस्फोट गराउँदै आतंक मच्चाउने र लुट्ने काम राजनीतिक नभएको र त्यस्तासँग वार्ता गरिरहनु आवशयक नभएको बताए ।
प्रधानमन्त्री ओलीले जहाँ पैसा छ भन्ने लाग्छ त्यहिं तर्साउने, आतंकित पार्नेहरु कम्यूनिष्ट हुनै नसक्ने भन्दै त्यो कम्यूनिष्टका नाममा गरिएको घिनलाग्दो काम भएको समेत धारणा राखे ।
यो पनि पढ्नुहोस् दैनिक खाजा खर्च दिएर तालिम, ४ हजार बेरोजगारलाई रोजगार बनाउने लक्ष्य