मलेसियामा क्षतिपूर्ति नपाएकाहरुलाई क्षतिपूर्ति दिलाउन पहल, विवरण बुझाउन आव्हान

काठमाडौं, फागुन २७-

मलेसियामा निर्माण तथा फर्निचर क्षेत्रको काम गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएका वा अंगभंग भएर पनि कम्पनीद्धारा क्षतिपूर्ति नपाएकाहरुका लागि निःशुल्क कानूनी सहयोग दिइने भएको छ । निर्माण श्रमिकहरुको अन्तराष्ट्रिय संस्था बिडव्लुआइले यस्तो सहयोग दिन लागेको हो ।

जिफन्ट मलेसियाका संयोजक बेदकुमार खतिवडाले कानूनी रुपमा क्षतिपूर्ति पाउनु पर्ने व्यक्तिलाई कम्पनीले सो उपलव्ध नगराइ जवर्जस्ती घर पठाएको वा नदिएको भएमा जानकारी दिन आव्हान गरिएको बताए । ति व्यक्ति हाल मलेसियामा रहेका वा नेपाल फर्किसकेका भएमा पनि बिडव्लुआइको सहयोगमा त्यस्ता व्यक्तिका लागि मुद्धा लडिने उनले बताए । नेपाल फर्किसकेको भएमा वारेसनामा मार्फत अदालतमा मुद्धा हालिने खतिवडाको भनाई छ । नेपालबाट क्षतिपूर्ति पाउन नसकेको भएमा नेपालमा नै प्रकृया गर्न मद्धत गरिने उनको भनाई छ । 

यसरी दुर्घटनामा परेर पनि मलेसियामा वा नेपालमा पनि क्षतिपूर्ति पाउन नसकेको व्यक्ति वा परिवारले आफन्तजनको घटनाको विवरण, कम्पनीको नाम र ठेगाना, मृत्यु भएको वा दुर्घटना भएको मिति, पासपोर्टको विवरण, वर्क परमिट, ईन्स्योरेन्स भएमा सोका बारेमा समेत जानकारी गराइदिन जिफन्ट मलेसियाले आग्रह गरेको छ ।

यसका लागि मलेसियामा कार्यरत रहेको भएमा जिफन्ट सपोर्ट ग्रुप मलेसियामा तथा नेपालमा भएमा बिडव्लुआइमा सम्पर्क गरेर विवरण बुझाउन संयोजक खतिवडाले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् बेरोजगार हुनुहुन्छ ? त्यसो भए आफ्नो नाम लेखाउनुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: