युएईमा दर्ता भयो गैर आवासिय नेपाली संघ, सार्वजनिक कार्यक्रम गर्न सजिलो

काठमाडौं, फागुन २६-

नेपाल एसोसिएसनका नाममा गैर आवासीय नेपाली संघ(एनआरएनए), युएईमा दर्ता भएको सामाजिक संस्थाका रुपमा एनआरएनए यूएईको कम्युनिटी डेभ्लपमेण्ट अथोरिटी(सीडिए) मा दर्ता भएको हो सो संस्थाको अध्यक्षमा एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ छन

संस्था दर्ताको प्रयोजनमा सामाजिक, साँस्कृतिक, खेलकुद, सेवा सहयोग मनोरञ्जन क्षेत्रको काम गर्ने उल्लेख  एनआरएनए, युएईका अध्यक्ष रमेश श्रेष्ठले यसले नेपाली सामुदायलाई आगामी दिनमा युएईमा सार्वजनिक कार्यक्रम गर्न सहजता हुने विश्वास प्रकट गरे । “हामी सवै संस्थालाई मिलाएर लैजान्छौं” श्रेष्ठले भने “यो नेपाली समुदायका लागि ठूूलो कुरा हो ।” यसले नेपाली समुदायको बीचमा काम गर्न सजिलो हुने उनले बताए ।   

युएईमा संस्थागत रुपमा सार्वजनिक कार्यक्रम आयोजना गर्न सो संस्था स्थानीय रुपमा दर्ता हुनै पर्ने प्रावधान विभिन्न संस्थाहरुले दर्ता नभर्ई सार्वजनिक कार्यक्रम गर्दै आएपनि स्थानीय प्रशासनले चाहेमा सो कार्यक्रमलाई रोक्न वा कार्यक्रम आयोजनाको विषयमा समेत प्रश्न उठाउँदै कानूनी रुपमा झण्झण्टमा पर्न सक्ने सम्भावना रहन्छ  तर एनआरएनए, युएईलाई भनें अव सामाजिक कार्यका कार्यक्रमहरु आयोजना गर्न बैधानिक रुपमा सहज भएको  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय