‘अवैधानिक कामदार’लाई आममाफी दिन सुझाव

काठमाडौं, फागुन २०-

मलेसियामा अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारलाई आममाफी दिन सरकारले गठन गरेको कार्यदलले सुझाव दिएको छ । विदेशी कामदारको व्यवस्थापनका लागि सुझाव दिन गठित कार्यदलले सरकारलाई सो सुझाव दिएको हो ।

मलेसियाको विएफएमसँगको कुराकानीमा मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले सो कुरा बताएका हुन् । उनका अनुसार कार्यदलको रिपोर्टमा अवैधानिक रुपमा बसिरहेकाहरुलाई आममाफी दिन र मलेसियामा रहेको कागजातविहिन कामदारको संख्या कम गर्न सुझाव दिइएको छ ।

मन्त्री कुलासेगरनले हाल मलेसियामा २० लाख वैधानिक विदेशी कामदार रहेको र कति संख्यामा अवैधानिक रुपमा बसिरहेको विदेशी कामदार छन् भन्ने कुनै तथ्याँक नरहेको बताए ।

उनले मलेसियामा रोजगारीका लागि आउने विदेशी कामदार माथि हुने गरेको शोषणका बारेमा पनि सो कार्यदलको रिपोर्टमा सुझाव समेटिएको जानकारी दिए । उनले मानव तस्कारी मलेसियाका लागि ठूलो चिन्ताको विषय रहेको भन्दै त्यसलाई रोक्न निक्कै चुनौतिपूर्ण भएपनि अनिवार्य रहेको धारणा राखे ।

उनले बैदेशिक रोजगारमा आउने विभिन्न देशका कामदारसँग एजेण्टले धेरै ठूलो रकम असुल्ने गरिएको र यसलाई पनि रोक्न कार्यदलले सुझाव दिएको बताए । उनले यसका लागि रोजगारदाताको संगठन मार्फत कामदार लिन, अन्तर्वार्ता प्रकृयामा सरकारी अधिकारीहरुलाई पनि संलग्न गर्न र कामदारसँगको कुराकानीको भिडियो निर्माण गर्न आवश्यक रहेको धारणा राखेका छन् । उनले कामदारमाथि हुने विगतको शोषण रोक्न तयारी गरिएको बताए ।

यो पनि पढ्नुहोस् मलेसियामा तत्काल न्यूनतम तलवमा कुनै फेरवदल हुन्नः मन्त्री कुलासेगरन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: