काठमाडौं, फागुन १९-
मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियामा तत्काल न्यूनतम तलवमा फेरवदल नहुने बताएका छन् । उनले हालको ११ सय रिंगिट न्यू्नतम तलवमा तत्काल फेरवदलको सम्भावनालाई ईन्कार गरे ।
मलेसियाको अनलाईन द स्टारका अनुसार मन्त्री कुलासेगरनले आफूलाई हालै सवाहमा यसका बारेमा प्रश्न सोधिएको र आफूले सो जवाफ दिएको बताए । हालका लागि न्यून्तम तलव ११ सय रिंगिट भन्दा कम हुन्न र जसले यसलाई पालना गर्दैनन् उनीहरुलाई कारवाही हुन् मन्त्री कुलासेगरनले भने ।
मन्त्री कुलासेगरनले कानूनी रुपमा हरेक दुई बर्षमा न्यूनतम ज्याला परिवर्तन हुने गरेको भन्दै उनले हालै सरकारले गरेको परिवर्तन लागु हुने बताए । यसअघि कुलासेगरनले नै क्षेत्रगत(कामको प्रकृति अनुरुप) न्यूनतम तलव फरक बनाउन सरकारले योजना बनाइरहेको बताएका थिए । उनको सो भनाईको मलेसियाको ट्रेड यूनियन मलेसियन ट्रेड यूनियन कंग्रेसले विरोध गरेको थियो ।
यो पनि पढ्नुहोस् युएईमा मलाई धेरैले प्रेम प्रस्ताव राखेका छन्