बन्दुक विसाएका हात कृषिमा सफल, भन्छन्ः मेहनत गर्नेले विदेश ताक्नै पर्दैन

काठमाडौं, फागुन १८-

कुनै बेला बन्दुक बोकेर युद्धमा होमिएका जनमुक्ति सेनाको उद्यम लोभलाग्दो छ । दाङ राप्ती गाउँपालिका वडा २ नयाँबस्तीका राजकुमार तामाङको उद्यमले युवालाई स्वदेशमै काम गर्ने राम्रो उत्प्रेरणा पनि दिन्छ ।

२०६७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै जनमुक्ति सेनाको सदस्य बनेका तामाङले कुखुरापालन, बाख्रापलनलगायतको क्षेत्रबाट राम्रो आम्दानी गरेका छन् । 

शान्ति प्रक्रिया शुरु भएसँगै जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश रोजेका तामाङले २०७० सालदेखि ब्रोइलर कुखुराको व्यावसायिक पालन गर्न शुरु गरे । उनलेले करिब दुई सय कुखुराबाट व्यवसाय शुरु गरे पनि हाल उनको फर्ममा करिब डेढ हजार कुखुरा छन् ।

स्वेच्छिक अवकाश रोजेपछि सरकारबाट पाँच लाख रुपियाँँ पाएका उनले उक्त रकमबाट घर बनाए । घर बनाएसँगै उनले स्थानीय लघुवित्त संस्थाबाट ऋण लिएर कुखुरापालन शुरु गरेको बताए । 

उनलाई श्रीमती लोकमाया चौधरी तामाङले सघाउँछिन् । उनी भनछन्, श्रीमतीले सघाएकी छिन्, मैले पनि उत्तिकै मिहिनेत गरेको छु, काम र कमाइबाट सन्तुष्ट छु । कुखुरा बिक्रीबाट मात्रै मासिक ३० देखि ४० हजार रुपियाँ आम्दानी गर्ने उनले बाख्रा बिक्रीबाट पनि वार्षिक दुई लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । तामाङले अहिले २० वटा बाख्रा पालेका छन् । योसँगै उनले नजिकै १० कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्दै आएका छन् । 

उनले तरकारी र अनाज बिक्रीबाट वार्षिक दुई लाख ५० हजार रुपियाँ आम्दानी हुने बताए । उनी भन्छन्, मिहिनेती गर्न सके कोही पनि युवाले पैसा कमाउनकै लागि विदेशिनु पर्दैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: