कोरिया जान फेरी मौका

काठमाडौं, फागुन १७-

दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रूपमा काम गरेर फर्किएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको आउँदो वैशाख गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो

यस आवेदन दिन चाहनेले १७, १८ १९ गतेसम्म आवेदन दिनसक्ने छन् आवेदन दिन चाहनेहरू काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको शाखाका अनुसार चैत ११ गते उक्त परीक्षा तालिका सार्वजनिक गरिनेछ

ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले सीबीटी आधारित परीक्षामा सहभागी हुने व्यक्तिले नामावली नै कोरियाको मानव संसाधन विकास (एचआरडी) ले पठाउने पनि जानकारी दिए यसका लागि कोरियामा वैधानिक भएर काम गरेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरू कम्प्युटर परीक्षाका लागि योग्य हुन्छन् यसमा सामेल हुन कोरियाबाट फर्किंदाएलाइन्स रजिस्ट्रेसन कार्डकोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने पनि सो शाखाले जनाएको

शाखाका अनुसार सन् २०१० जनवरीदेखि वैधानिक भएर कोरियाबाट फर्किएका श्रमिक कम्प्युटर भाषा परीक्षामा सहभागी हुन पाउने छन् यस वर्षदेखि कार्यक्षमता फर्किएका श्रमिकको अवधि हेरेर अङ्क पाउने प्रणाली पनि लागू गरिने सो शाखाका सूचना अधिकारी भण्डारीले जानकारी दिए  उनका अनुसार कोरियाबाट तीन वर्ष काम गरी फर्केका ३९ वर्ष ननाघेका व्यक्ति मात्र सहभागी हुन पाउनेछन्

प्रत्येक दिन २८/२८ जनाको चार सिफ्ट गरेर ११२ जनाको परीक्षा सञ्चालन हुनेभएको यस परीक्षामा उत्तीर्ण हुने सबै कोरिया जान पाउनेछन् सन् २०१८ मा तीन हजार जनाले परीक्षा दिएका थिए यो परीक्षा उत्र्तीण गर्ने अधिकांश व्यक्ति कोरिया जान्छन् शाखाका अनुसार सन् २०१२ देखि शुरु सीबीटीमा आधारित परीक्षा उत्र्तीण गरेर अहिलेसम्म हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेका छन्

२०२० देखि सबैका लागि कम्प्युटरमा परीक्षा

वैदेशिक रोजगारका लागि कोरिया जान चाहने युवाले सन् २०२० देखि भने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) प्रणालीबाट कोरिया भाषा परीक्षा दिनुपर्नेछ

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानेले कागजमा आधारित परीक्षा (पीबीटी) प्रणालीको साटो कम्प्युटरमा आधारित परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागेको जनाएको

ईपीएस कोरिया शाखाले सन् २०२० मा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि सीबीटी प्रणालीबाट भाषा परीक्षा लिने व्यवस्था गर्ने तयारी भइरहेको जनाएको ईपीएसमार्फत नेपाली श्रमिक लैजाँदै आएको कोरियास्थित मानव संसाधन विकास विभाग (एचआरडी) को माग अनुसार उक्त प्रणालीमार्फत परीक्षा दिलाउने व्यवस्थाको तयारी गरिरहेको ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारी जानकारी दिए उनले उक्त प्रणालीमार्फत परीक्षा सञ्चालनको तयारी भइरहेको सन् २०२० मा ईपीएसमार्फत कोरिया जानेले कम्प्युटर अर्थात् सीबीटी प्रणालीमार्फत परीक्षा दिने व्यवस्थाको तयारी भइरहेको पनि जानकारी दिए  

कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालनका लागि भवन निर्माणाधीन रहेको सन् २०१९ जुनसम्म निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको भवन निर्माण कार्य नेपाल सरकारले गर्नेछ भने भित्री संरचना कोरिया सरकारले गर्ने गरी सहमति भएको उक्त भवन निर्माणका लागि नेपाल सरकारको करिब ११ करोड रुपियाँ लागतमा सम्पन्न हुने अनुमान गरिएको

उक्त भवनमा सीभीटीमार्फत परीक्षा सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायतका सबै संरचना सजावटका लागि कोरिया सरकारको पनि त्यत्ति बराबरको लागत लाग्ने अनुमान गरिएको यो समाचार गोरखापत्रमा सीता शर्माले लेखेकी हुन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: