मलेसियामा न्यूनतम ज्याला फरक बनाउने प्रस्तावको ट्रेड यूनियनद्धारा विरोध

क्वालालम्पुर, फागुन १६-

मलेसियन ट्रेड यूनियन कंग्रेस(एमटीयूसी) का महासचिव जे सोलोमनले कतिपयले न्यूनतम ज्याला कार्यान्वयन गर्नुपरेकै कारण मलेसियामा व्यवसाय बन्द गर्नुपरेको भनेर गरेको प्रचार गलत भएको बताएका छन् । उनले विश्वमा कुनै पनि देशमा न्यूनतम ज्याला दिनु परेकै कारण व्यवसाय बन्द नहुने धारणा राखे ।

महासचिव सोलोमनले कतिपय रोजगारदाताले न्यनूतम ज्याला धेरै भएको र सो कार्यान्वयन गर्नुपरेका कारण व्यवसाय बन्द गर्नुपरेको दावी गरेपनि एमटीयूसीले त्यसको प्रमाण माग्दा दिन नसकेको बताए । उनले मलेसिया धनी र गरीवबीचको असमानताका लागि चिनिएको मुलुक भएको भन्दै यसलाई बढावा दिनुको साटो कम गर्न ध्यान दिन आग्रह गरे । महासचिव सोलोमनले सम्पत्ती केवल आफू र आफ्ना परिवारका लागि मात्र भएको विचार त्याग्न व्यवसायीलाई अनुरोध पनि गरे ।  

काम गर्ने क्षेत्र(कामको प्रकृतिका आधारमा फरक क्षेत्र, जस्तै निर्माण, कृषि, उद्योग)को आधारमा न्यूनतम ज्याला तय गर्न नपाइने भन्दै एमटीयूसीका महासचिव सोलोमनले एउटै क्षेत्रमा पनि नाफाको हिसावले फरक हुने बताए । एमटीयूसीले न्यूनतम ज्याला निर्धारणको अधिकार ट्रेड यूनियन र रोजगारदातासँग रहेको भन्दै यसमा राष्ट्रिय ज्याला सुझाव समितिको हस्तक्षेप मान्य नहुने धारणा राखेको हो ।

यसअघि मानव संशाधन मन्त्री एम कुलासेगरनले क्षेत्रका आधारमा छुट्टा छुट्टै न्यनूतम ज्याला तोक्ने कुराको बचाउ गर्दै सो कुरा राष्ट्रिय ज्याला सुझाव समितिको कार्यक्षेत्रभित्रको अधिकार भएको र सरकारले सो अनुरुप गर्ने बताएका थिए । एमटीयूसीले मन्त्री कुलासेगरनको सो भनाई पनि मान्य नभएको बताएको हो । एमटीयूसीले पछिल्लो निर्वाचनमा वर्तमान सत्ताधारी गठवन्धनलाई सहयोग गरेको भएपनि पछिल्लो समयमा सरकारले श्रमिकका विषयमा गरेको केहि निर्णयमा एमटीयूसीले असहमति राख्दै विरोधमा उत्रिने गरेको छ ।

यसैबीच क्लाङ क्षेत्रबाट प्रतिनिधित्व गर्ने साँसद चाल्र्स साण्टियागोले कामको क्षेत्रका आधारमा भन्दा न्यूनतम ज्याला राज्य अनुसार फरक गर्न सकिने बताएका छन् । साँसद साण्टियागोलाई मानव संशाधन मन्त्री कुलासेगरनका सल्लाहकारको रुपमा लिइने गरिन्छ । विभिन्न ठाउँमा बसोवासको खर्च लगायतका कुरालाई आधार बनाएर न्यूनतम ज्याला फरक बनाउनु उपयुक्त हुने उनको भनाई  छ । “उदाहरणका लागि क्वालालम्पुर, सेलेङगर, पेनाङ, जोहोर र पेराक अन्य ठाउँको तुलनामा महँगा ठाउँ हुन्” उनले भने 

{source}<iframe width=”480″ height=”270″ src=”https://www.youtube.com/embed/bgQhhkevFU0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: