तनाव घटाउन यसो गरौं: मनोविद् डा. करुणा कुँवरका सुझाव(भिडियो)

काठमाडौं, फागुन १५-

मनोविद् डा. करुणा कुँवरले बैदेशिक रोजगारमा गएका व्यक्तिमा तनावको समस्या धेरै देखिएको भन्दै त्यसलाई समयमै व्यवस्थापन गर्न आवश्यक भएको बताएकी छन् । उनले बैदेशिक रोजगारमा रहेकाहरुमा डिप्रेशनको समस्या देखिएमा त्यसलाई गलत रुपमा लिनुभन्दा उचित उपचार गराउने तर्फ लाग्न सुझाव दिइन् ।

बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयसँगको सहकार्यमा देशपरदेश डटकमको सुरु गरेको अनलाइन कार्यक्रम रोजगारी अवको बाटोमा कुराकानी गर्दै मनोविद् कुँवरले भनिन् “म केहि गर्न सक्दिन, मैले वा परिवारले गरेर पनि केहि हुन्न भन्ने खालको भावना मनमा आयो भनें डिप्रेशन भएको हुनसक्छ जुन बेलैमा रोक्न सकिएन भनें आत्महत्यामा पुग्न सक्छ । त्यसैले विदेशमा भएका आफन्त कस्तो अवस्थामा छ भनेर सोच्नुपर्छ, सोही अनुरुपको व्यवहार हुनुपर्दछ ।”

मन दुःखी भइरहेको छ, दैनिक रुपमा गर्नुपर्ने काम गर्न असाध्यै अल्छि लागिरहेको छ भनें, कतिपय अवस्थामा लगातार जीउ दुख्ने, पेट दुख्ने, टाउको दुख्ने भइरहेको छ भनें त्यो पनि मानसिक स्वास्थ्यको अवस्थामा गडवडी भएको छ की भनेर बुझ्न सकिने भन्दै कुँवरले सो अवस्थामा मनोचिकित्सक आवश्यक पर्ने बताइन् ।

उनले बैदेशिक रोजगारमा रहेका आफन्तलाई नेपालमा बस्ने आफन्तले पैसा कमाउने मेसिन ठान्न नहुने बताइन् । विदेशमा रहेका व्यक्तिसँग केवल पैसाको मात्र कुरा नगर्न र अन्य विषयमा पनि उत्तिकै कुराकानी गर्नुपर्ने सुझाव उनको छ ।

मनोचिकित्सक कुँवरसँगको कुराकानी हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/bgQhhkevFU0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: