विदेशबाट फर्केकाहरुलाई सहुलियत व्याजदरमा ऋण दिन यी बैंक तयार

काठमाडौं, फागुन १४-

बैदेशिक रोजगारबाट फर्केर उद्यम गर्न चाहनेहरुलाई सहुलियत व्याज दरमा ऋण प्रवाहमा केहि बैंक अग्रसर भएका छन् । यसमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै ऋण प्रवाह सुरु गरिसकेको जनाएको छ । योसँगै नीजि क्षेत्रको सिद्धार्थ बैंकले पनि कर्जा दिन थालेको जनाएको छ ।

सिद्धार्थ बैंकले आफ्ना सबै शाखामार्फत सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिएको छ । बैंकमा अनुसार सो बैंकले १५ लाख रुपैयाँसम्मको महिला उद्यमशिलता कर्जा, १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा व्यवसाय कर्जा पाँच लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय कर्जा दश लाख रुपैयाँसम्म, भूकम्प पीडित आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँसम्म दिने जनाएको हो ।

यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा यसअघि नै व्यवसाय गर्न सहुलियत ऋण दिन थालिसकेको जनाएको छ । सो बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास निर्माण कर्जा उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको थियो । बैंकले रु १० लाखसम्मको लागि साधारण र रु १० लाखभन्दा बढीको कर्जाका लागि विस्तृत परियोजना प्रस्ताव पेस गरेपछि कर्जा दिने उल्लेख गरेको छ । बैंकका अनुसार त्यस्तो कर्जाको अवधि पाँच वर्षको हुनेछ भने कर्जा एकैपटक नदिई किस्ताबन्दीमा दिइनेछ ।

सहुलियत व्याजदरको ऋणमा बैंकले लिने ऋणको ५ प्रतिशत सरकारले तिरिदिन्छ । महिला उद्यमशिलता कर्जाका लागि भनें सरकारले प्रतिशत ब्याज अनुदान दिएको छ । राष्ट्रिय वाणिज्य बैंकको व्याजको हाल आधारदर ६ दशमलव ३३ रहेको छ । यसमा दुई प्रतिशत थप व्याज बैंकले तोक्न पाउने व्यवस्था छ । त्यस आधारमा हेर्दा बैंकले औसतमा २ दशमलव ३३ प्रतिशत ब्याज दरमा महिलालाई ऋण प्रदान गर्नेछ भनें अन्यका हकमा भने ३ दशमलव ३३ प्रतिशत ब्याज पर्नेछ ।

यसैगरी कृषि विकास बैंक, कास्कीले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने सहमति जनाएको छ । कास्कीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखराबीच गत बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको हो । सहुलियत व्याजदरको ऋण सम्वन्धमा कुनै गुनासो वा समस्या भएमा नेपाल राष्ट्र बैंकले ०१-४४११४०७ मा फोन गर्न यसअघि नै आग्रह गरिसकेको छ । 

यो पनि पढ्नुहोस् विदेशमा बस्नेहरु, तपाईका छोराछोरी कसरी हुर्किदैछन् ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय