रोजगार संयोजकको नतिजा सार्वजनिक (हेर्नुहोस् उत्तिर्णहरुको सूचीसहित)

काठमाडौं, फागुन १३-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको नतिजा सार्वजनिक गरिएको छ । यो समाचार तयार पार्दासम्म प्रदेश नं १ र प्रदेश नं २ को नतिजा सार्वजनिक भएको छैन । यसअघि देशका ७ सय ५३ स्थानीय तहमा रहेर काम गर्ने रोजगार संयोजकका लागि गत शनिवार र आइतवार परीक्षा भएको थियो ।

प्रारम्भिक सुचीमा पर्न सफल २ हजार २ सय ६२ लाई कम्प्युटर मार्फत परीक्षा लिइएको थियो । रोजगारीको खोजिमा रहेकाहरु, बेरोजगारहरुको तथ्याँक राख्ने लगायतका काम स्थानीय तहमा नै गर्नेगरी रोजगार संयोजक सरकारले नियुक्त गर्न लागेको हो । सरकारले आन्तरीक रोजगारीमा समन्वयात्मक भूमिका खेल्न भन्दै हरेक स्थानीय तहमा रोजगार समन्वय केन्द्र खोल्ने तयारी गरेको छ । सोका लागि संयोजकहरुको माग गरिएको थियो । 

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७ सय ५ स्थानीय तहमा शाखा अधिकृत सरहको रोजगार संयोजक तथा ४८ स्थानीय तहमा नायब सुब्बा सरहको रोजगार संयोजकको माग गरेको थियो । रोजगार संयोजकका लागि देशभरबाट करिब २३ हजार आवेदकले आवेदन दिएका थिए जसमध्ये करिब २ हजार २ सय जना प्रारम्भिक सुचीमा परेका थिए ।

सफल व्यक्तिको सूची हेर्न यहाँ क्लीक गर्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: