‘मलेसियामा रोजगारी कटौती हुने हल्ला मात्रै’

काठमाडौं, फागुन ९-

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियाका रोजगारदाताहरुले भने जस्तो यस बर्ष ३० हजार व्यक्तिले रोजगारी गुमाउने अवस्था नभएको बताएका छन् । मलेसियन रोजगारदाता महासंघले यस बर्ष मलेसियामा ३० हजार रोजगार कटौती हुने चेतावनी दिएका थिए ।

“गतबर्ष २४ हजार व्यक्ति बेरोजगार थिए” कुलासेगरनले भने “तर यसबर्ष उनीहरुका लागि थप रोजगारीका अवसरहरु सिर्जना भएका छन् ।” उनले बेरोजगारी दर चिन्ताजनक नभएको भन्दै यसमा आत्तिनुपर्ने कुनै कुरा नरहेको बताए ।

मलेसियामा उपलव्ध गाह्रो र न्यून आम्दानी हुने रोजगारीमा मलेसियन नागरिक आकर्षित छैनन् । मलेसियाबाट पनि ठूलो संख्यामा अन्य मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । आफ्ना नागरिकलाई स्वदेशमा नै टिकाउन मलेसियाले गतबर्ष देखि प्रयास सुरु गरेको छ ।

होला त दूतावास धाउनु पर्ने समस्याको अन्त्य ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: