होला त दूतावास धाउनु पर्ने समस्याको अन्त्य ?

काठमाडौं, फागुन ८-

कन्सुलर सेवा विभागले बैदेशिक रोजगारमा रहेकाहरुको समस्यालाई सहज रुपमा समाधान गर्न नेपाल कन्सुलर मोवाइल एप सुरु गरेको कुनै समस्या भएमा अव मोवाईल मार्फत नै गुनासो दर्ता गर्न सकिने भएको हो

सो एपको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानविय संवेदना जोडिएको विषयमा काम गर्ने कन्सुलर सेवा विभागले आफ्नो कामलाई अझ चुस्त बनाउन प्रविधि मार्फत गर्न खोजेको प्रयास सकारात्मक रहेको बताए उनले यसले सरकारी कर्मचारीलार्ई पनि जवाफदेही उत्तरदायी बनाउने धारणा राखे

पराराष्ट्रमन्त्री ज्ञवालीले सरकारको प्रयत्नका वावजुद बैदेशिक रोजगारलाई सुरक्षित बनाउन अझै नसकिएको भन्दै हाल पनि विचौलियाले रोजगारीको खोजिमा रहेकाहरुलाई शोषण गरिरहेको बताए आफन्तको विदेशमा मृत्यु भएमा कहिले लाश आइपुग्छ भनेर पर्खेर बस्नुु अत्यन्तै पीडादायी क्षण हुने भन्दै मन्त्री ज्ञवालीले यस्तो प्रविधिले त्यो समस्यालाई छिटो समाधान गर्न सघाउने विश्वास व्यक्त गरे

बाध्यताको बैदेशिक रोजगारलाई अन्त्य गर्दै स्वदेशमा नै रोजगारी सिर्जना गर्न वर्तमान सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको भन्दै मन्त्री ज्ञवालीले तर बैदेशिक रोजगार रातारात अन्त्य नहुने धारणा राखे उनले बैदेशिक रोजगारमा जाँदा पनि तुलनात्मक रुपमा मर्यादित काम भएका कमाई पनि उचित हुने मुलुकमा नेपाली जाने वातावरण निर्माण गर्न जापान लगायतका मुलुकसँग छलफल चलिरहेको अन्य मुलुकमा पनि श्रम सम्झौता सरकारको प्राथमिकतामा रहेको बताए

सो अवसरमा बोल्दै कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले विदेशमा भएका नेपालीलाई सेवा दिनु आफ्नो विभागको प्राथमिक काम भएको बताए उनले सेवालाई अझ प्रभावकारी बनाउनु आवश्यक भन्ने कुरालाई आत्मसाथ गर्दै विभागले नयाँ प्रविधिको प्रयोग सुरु गरेको बताए कन्सुलर सेवा विभागले दिने सेवा मध्ये शव झिकाउने, खोजतलास तथा उद्धार गर्ने, क्षतिपूर्तिको निवेदन लिने रहेको भन्दै एप मार्फत यी सवै कुराको प्रकृया आरम्भ गर्न सकिने उनको भनाई थियो महानिर्देशक राजभण्डारीले यसले सरकारी कर्मचारीलाई जवाफदेही बनाउने भन्दै काम गरेको वा नगरेको कुरा अनलाइनमा नै देखिने भएका कारण यसले सेवालाई चुस्त बनाउने अपेक्षा प्रकट गरे उनले कुनै समस्या परेमा आफू रहेकै ठाउँबाट एप मार्फत गुनासो दर्ता गर्न सकिने भएका कारण यसले बारम्वार दूतावास धाउनु पर्ने वा फोन गरिरहनु पर्ने अवस्थाको अन्त्य हुने धारणा राखे        

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: