मलेसियाको कलिङ भिसा बारे यस्तो छ तयारी 

काठमाडौं, फागुन ५- 

मलेसियाको रोजगारीमा यसअघि नै कलिङ भिसा प्राप्त गरिसकेकाहरुको विवरण संकलनको पहिलो चरण सकिएपछि बैदेशिक रोजगार विभाग ति विवरण रुजु गर्ने काममा जुटेको छ । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा प्राप्त गरेकाहरुको विवरण उपलव्ध गराउन सुचना निकालेको थियो । 

मन्त्रालयले दिएको समयावधि भित्र झण्डै ९ हजार व्यक्तिको कलिङ भिसा आएको विवरण विभागमा प्राप्त भएको विभागका सुचना अधिकारी भोलानाथ गुरागाईंले बताए । उनका अनुसार सो विवरणमा थुप्रै विषय हेर्नुपर्ने देखिएको छ । “कतिपय आवेदनमा ६५ जनाको कलिङ भिसा आएको लेखिएपनि विवरण १५/२० जनाको मात्र छ, त्यसैले सवै आवेदनलाई राम्रोसँग हेर्नुपर्ने देखिएको छ” उनले भने । सुचना अधिकारी गुरागाईंका अनुसार दुईतीन दिन भित्रमा विभागले सो काम सक्नेछ । बैदेशिक रोजगारमा रहेकालाई टेलिमेडिसिन सेवा दिने सरकारको तयारी

मलेसियाको रोजगारीका बारेमा श्रम मन्त्री गोकर्ण विष्टले देशपरदेशसँगको कुराकानीमा व्यक्ति गरेको विचार यो भिडियोमा हेर्न सक्नुहुन्छ ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/a78zrPb1d_I” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: