बैदेशिक रोजगारमा रहेकालाई टेलिमेडिसिन सेवा दिने सरकारको तयारी

काठमाडौं, फागुन ५-

सरकारले बैदेशिक रोजगारमा रहेकाहरुलाई टेलिमेडिसिन सेवा दिने तयारी सुरु गरेको छ । खाडी, मलेसियामा कार्यरत नेपालीलाई लक्षित गर्दै यस्तो सेवा सुरु गर्न लागेको हो ।

देशपरदेश डटकमले सुरु गरेको नयाँ अनलाइन कार्यक्रम रोजगारी अवको बाटोमा कुराकानी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले यस्तो तयारी गरिरहेको बताएका हुन् । मन्त्री विष्टले परिवारसँग टाढा रहेर दुःखसुख पूर्वक काम गरिरहेका नेपाली नागरिकलाई सेवा दिन सरकारको टेलिमेडिसिनको सेवा सञ्चालनको तयारी गरिएको बताए । उनले सरकारले बैदेशिक रोजगारमा रहेकाहरुलाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै पूर्ण रुपमा नतिजा आउन केहि समय लाग्ने बताए । 

टेलिमेडिसिनमा चिकित्सकले विरामी रहेको ठाउँबाट नै समस्या हेरेर अनलाइन प्रविधि मार्फत चिकित्सकिय सेवा दिने प्रणाली हो । नेपालका दुर्गम भेगका बासिन्दालाई यसअघि यो प्रकृतिको सेवा दिने गरिएको छ ।   

हेर्नुहोस् मन्त्री विष्टसँगको पुरा कुराकानी

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/a78zrPb1d_I” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: