साथी गए विदेश, स्वदेशमै काम गर्नेले कमाए बार्षिक १० लाख 

काठमाडौं, फागुन ५-

सँगैका दौँतरी जागिर र वैदेशिक रोजगारीमा भौंतारिएका बेला बैतडीका एक युवा उद्यमीले ९० घार मौरी पालेर वार्षिक दस लाख रुपियाँ आम्दानी गरेका छन् । दशरथ चन्द नगरपालिका५ पोटाका ३३ वर्षीय सुदर्शन लेखकले माहुरीपालन व्यवसायबाट वार्षिक १० लाख रुपियाँ आम्दानी गरिरहेका छन् ।  

सेरेना जातको मौरी पालेका लेखकले मह र मौरीका घार बेचेर आम्दानी गरेका हुन् । मौरीपालन व्यवसायबाट यस वर्ष मात्रै लेखकले सबै खर्च कटाएर १० लाख रुपियाँ बचत गरेको जानकारी दिए ।

नागार्जुन मौरीपालन उद्योग दर्ता गरी व्यावसायिक मौरीपालनमा लागेका लेखकले दुई जनालाई रोजगारीसमेत दिएका छन् । मौरीको रेखदेख गर्न, छुट्टिएर भाग्ने, घार चोरी हुनसक्ने तथा अरिङ्गालले खाने समस्या रहेको भन्दै रेखदेखका लागि दुई जनालार्ई मासिक तलब दिने गरी रोजगारी दिएका हुन् ।

गत साउनयता मात्रै लेखकले १२ क्विन्टल मह बेचेको बताए । यस वर्ष मौरीको घार थपेको र रोगले नोक्सान नगरे अझै मह उत्पादन हुने उनको विश्वास छ ।

गाउँमा उत्पादन गरेको मह धनगढीदेखि काठमाडौँसम्म बिक्री हुने गरेको छ । प्रतिकिलो आठ सय रुपियाँमा बिक्री हुने महका लागि बजारको समस्या नभएको लेखकले बताए ।

सेरेना जातको माहुरीको मह भीर माहुरीको जस्तै गुणस्तरीय हुने भएकाले मनग्ये आम्दानी हुने गरेको छ । वर्षमा दुई दर्जनभन्दा बढी मौरीसहितका घारसमेत बिक्री हुन्छन् ।

मौरीका लागि चरन क्षेत्र उपयुक्त भएकाले यो व्यवसाय फस्टाउँदै आएको लेखकको भनाइ छ । मौरीका लागि चरन क्षेत्र चिउरीलगायतका फलफूल प्रशस्त फल्ने जिल्ल्लाको दशरथ चन्द नगरपालिका, सिगास, दोगडा केदार, डिला सैनी गाउँपालिकाका केही वडा उपयुक्त मानिन्छन् ।

मौरीपालनका लागि उपयुक्त भएका ठाउँका किसानलाई व्यावसायिक रूपमा क्षमता बढाउने खालका कार्यक्रम आवश्यक भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले बताए । 

लेखक मात्र होइन मौरीपालन व्यवसायमा जिल्लाका अन्य किसान पनि लागेका छन् । केही वर्षअघि घरको भित्ता र मुढेघारमा एकदुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् ।

गत वर्ष बैतडीमा ९५ मेट्रिक टन मह उत्पादन भएको थियो । यो वर्ष दस मेट्रिक टन मह उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा चार हजार सात सय आधुनिक घार र सात हजार आठ सय मुढेघार रहेको केन्द्रले जनाएको छ । उपयुक्त मौसम र मौरीमा रोगको प्रकोप नदेखिएकाले मह उत्पादन बढेको केन्द्रका प्रमुख चन्दले जानकारी दिए । 

मह बेचेरै लाखौँ आम्दानी गर्नुका साथै स्थानीय युवालाई रोजगारी पनि दिँदै आएका मौरी व्यवसायीले सरकारी निकायबाट भने आशा गरे अनुसार सहयोग नपाएको गुनासो गर्दै आएका छन् । सरकारले व्यवसाय गर्न चाहने किसानलाई सहयोग नगरेको उनीहरूको गुनासो छ । कुनै अनुदानका कार्यक्रममा व्यवसायीलाई नसमेटेको किसानको गुनासो छ । यो समाचार गोरखापत्रमा बैतडीबाट गोकर्ण दयालले लेखेका हुन् ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/a78zrPb1d_I” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: