‘विदेशबाट फर्केका र शिक्षित बेरोजगारलाई २ लाख अनुदान र सहुलियत ऋण’

काठमाडौं, फागुन २-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विदेशबाट फर्केका र शिक्षित वेरोजगार युवाका लागि २ लाख रुपैयाँका दरले युवा किसानलाई अनुदान उपलब्ध गराउनु एक महत्वपूर्ण काम भएको बताएका छन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि यान्त्रीकरणमा जोड दिन १९ वटा कष्टम हायरिब सेन्टर निर्माण गरिएको समेत बताए । यसैगरी थप २५ वटा निर्माण भईरहेको र साना किसानहरुको साँवा र ब्याज समेत गरी एक अर्व ३२ करोड रुपैयाँ ऋण मिनाह गरिएको उल्लेख गरे ।

विहिवार देशवासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले एक बर्षमा गरेका महत्वपूर्ण उपलव्धीका बारेमा जानकारी गराएका हुन् । उनले युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत १७ हजार युवा स्वरोजगार भएको बताए । गएको वर्षको यो ६ महिनाको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा ३९.१ प्रतिशतले कमी आएको तर विप्रेषण  आप्रवाह भने ३०.२ प्रतिशतले बढेको प्रधानमन्त्री ओलीले तर्क गरे । कुल गार्हस्थ्य उत्पादनमा आएको वृद्धिले आन्तरिक रुपमा समेत रोजगारी सिर्जना भएको सन्देश दिएको उनको भनाई थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ वटा श्रम तथा रोजगार कार्यालय स्थापना गरेको र सबै प्रदेशबाट श्रम स्वीकृति र वैदेशिक रोजगार सम्वन्धी सेवा प्रवाहको कार्य थालिएको प्रधानमन्त्रीले बताए । विदेश जान श्रम स्वीकृतिकै लागि काठमाडौं आउनै पर्ने वाध्यता हटेको प्रधामन्त्रीको भनाई थियो । वैदेशिक रोजगारीबाट फर्किएका तीन वर्ष ननाघेका कामदारहरुका लागि न्यून व्याजदरमा ऋण उपलब्ध गराउन २० हजार व्यक्तिको निवेदन संकलन गरिएको पनि प्रधानमन्त्रीको वक्तव्यमा समावेश छ ।

सरकारले काम गर्छु भन्नेलाई सहुलियतपूर्ण ऋण तथा व्याज अनुदान उपलब्ध गराउने कार्यक्रम शुरु नै गरिसकेको प्रधानमन्त्रीले बताए । विभिन्न ७ विधामा ३ लाखदेखि ५ करोडसम्म ऋण प्रवाह शुरु गरेको पनि उनको भनाई थियो । काम पनि नभएका, रोजगारीको अवसर समेत नपाएकालाई सकेसम्म न्यूनतम रोजगारीको प्रत्याभूत गर्ने, रोजगारी दिन नसके निश्चित मापदण्डका आधारमा बेरोजगार भत्ता दिने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको भनाई थियो । उनले भने फेरि पनि केही हल्ला त रहीरहने छ । यस्तो हल्ला गर्नेहरु रोजगार बिनाको रोजगारी र परिश्रम बिनाको पारिश्रमिक पाउने झुण्ड मात्रै हुन् ।

यो पनि पढ्नुहोस् एयरपोर्टमा सामान जफत रोक्ने आग्रह सहित नायिका रेखा पुगिन् श्रम मन्त्री विष्ट भेट्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: