एयरपोर्टमा सामान जफत रोक्ने आग्रह सहित नायिका रेखा पुगिन् श्रम मन्त्री विष्ट भेट्न

 

काठमाडौं, फागुन २-

नायिका रेखा थापाले श्रम मन्त्री गोकर्ण विष्टलाई भेटेर त्रिभुवन विमानस्थलमा हुने सामान जफत रोक्न आग्रह गरेकी छन् । उनले मन्त्री विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै संसारभर रहेका नेपालीले नेपाल फर्किंदा विमानस्थलमा भोग्नुपरेको असम्मानको व्यवहार सच्याउन माग गरिन् ।

मन्त्री विष्टसँगको भेटका क्रममा नायिका थापाले श्रमिकले ल्याउने घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन हजारौ श्रमिकहरुको तर्फबाट आग्रह गरेकी हुन् । नायिका थापाका अनुसार उनको ध्यानाकर्षण पत्र बुझ्पछि मन्त्री विष्टले अर्थ मन्त्रालयसँग समन्वयको काम तत्काल सुरु हुने बताएका छन् । उनले मन्त्री विष्ट श्रमिकहरुको अभिभावक मन्त्री भएको भन्दै सकारात्मक नतिजा आउनेमा आशा प्रकट गरेकी छन् 

एयरपोर्टमा सामान जफत गर्ने काम रोक्न सरकारलाई आग्रह

मन्त्री विष्टलाई बुझाइएको ध्यानाकर्षण पत्रमा एक दुई बर्ष विदेशमा बसेर आउने श्रमिकले घरायसी प्रयोजनका लागि ल्याउने सामानले राजश्व उठाउने विषयमा त्यति धेरै प्रभाव नपार्ने उल्लेख गरिएको छ । एउटा श्रमिकको सामाजिक जीवनसँग सरोकार राख्ने सामानहरु समेत मदिरा वा अन्य विलासी बस्तुको श्रेणीमा पारेर जफत गर्नु न्यायोचित नभएको नायिका थालो तर्क गरेकी छन् । यसअघि नायिका थापाले विमानस्थलमा श्रमिकका सामान जफत गर्ने कार्य ठिक नभएको भन्दै त्यसलाई सच्याउन सार्वजनिक आव्हान गरेकी थिइन् ।

यो पनि पढ्नुहोस् बेरोजगार भत्ता कसले पाउँछन्, कसले पाउँदैनन् ?

एयरपोर्टमा आतंक सिर्जना नगर्न अपिल, भन्सार तिरेर सामान लैजान पाउने व्यवस्था गर्न माग

लामो समयपछि घर फर्किनेले परिवारलाई ल्याईदिने कोशेली जफत नगर 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: