लामो समयपछि घर फर्किनेले परिवारलाई ल्याईदिने कोशेली जफत नगर

काठमाडौं, माघ २९-

विदेशबाट फर्किनेहरुले ल्याएको सरसामानमा कडाई गर्दै कर असुल्ने नाममा गरिएको कामप्रति बैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रिटर्नी माईग्रेण्ट नेपालले खेद प्रकट गरेको छ । संस्थाका अध्यक्ष उत्तम अधिकारीले विज्ञप्ती प्रकाशित गर्दै बैदेशिक रोजगारबाट छुट्टी मनाउन मुलुक फर्केका नेपाली नागरिकमाथि विमानस्थलको आगमन कक्षको भन्सार शाखाले कर असुल्ने नाममा गरेको अपहेलानायुक्त र निम्नस्तरको ब्यवहारको विरोध गरेका हुन् ।

 

विज्ञप्तीमा राष्ट्रले आफ्ना नागरिकलाई प्रदान गर्ने सबै सेवा सुविधाबाट लामो समयसम्म वन्चित रही देशको अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका नागरिक आफ्ना बालबच्चा र परिवारसँग भेट गर्नका लागि स्वदेश फर्किने क्रममा उनीहरुको मनबाट स्वदेश प्रतिको सम्मानमा नै आँच पुग्नेगरी कर्मचारीबाट भइरहेको अभद्र व्यवहार सच्याउन आग्रह गरिएको छ । यसैगरी हाल बैदेशिक रोजगारमा रहेका र स्वदेश फर्किएका नागरिकहरुको आत्मसम्मानमा ठेस पुर्याउने यस्ता गलत र जवर्जस्ती क्रियाकलापमा रोक लगाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।

रेमिटेन्स मार्फत कूल गार्हस्थ उत्पादनमा ३२ प्रतिशतसम्म योगदान पुर्याउने नागरिकले केहि बर्षमा एक पटक छुट्टी आउँदा आफ्ना परिवारका लागि ल्याएका एक दुईवटा मोवाइल, घडी, स्पोर्ट्स ब्याग, ट्यावलेट, ल्यापटप, लत्ताकपडा तथा सामान्य पेय पदार्थ जफत गरिनु कुनै हिसावले पनि सह्य बिषय नभएको विज्ञप्तीमा उल्लेख छ ।

कानुनतः ब्यवस्था भएका वस्तुको राजश्व संकलनका लागि विमानस्थलमा अहिले भइरहेको गालीगलौज, जबर्जस्ती र जफत भन्दा पनि सामान्य ढंगको परामर्श मार्फत सिर्जित समस्याको निराकरण हुनुपर्नेमा सो संस्थाले जोड दिएको छ । लामो समय परिवारबाट टाढा रहेर पुनः मिलनको खुशी बोकी स्वदेश फर्केका नागरिक र तिनका परिवारका सदस्य बिचको सम्बन्धलाई थप हार्दिकता बनाउने उपहार स्वरुपका सामान्य बस्तुमा बन्देज लगाउने र जफत गर्ने कार्य तत्काल बन्द गर्न र बैदेशिक रोजगारबाट स्वदेश फर्कने नागरिकहरुलाई बिना झन्झट विमानस्थलबाट आवतजावत गर्ने वातावरणको ग्यारेन्टी गर्न रिटर्नी माईग्रेण्ट नेपालले सरकारलाई अपिल गरेको छ ।

यो पनि पढ्नुहोस् बेरोजगार भत्ता कसले पाउँछन्, कसले पाउँदैनन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: