मेनपावर व्यवसायीको मागः धरौटी बढाउने भए सेवा शुल्क पनि बढाउ

काठमाडौं, माघ २९-

बैदेशिक रोजगार व्यवसायीले मेनपावर कम्पनीको धरौटी बृद्धि गर्ने भएमा सेवा शुल्क पनि बढाउन माग गरेका छन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले एक विज्ञप्ती प्रकाशित गर्दै यस्तो शर्त अघि सारेको हो ।

यस आर्थिक बर्षभित्र दक्षिण एसियाली मुलुकसँग समान हुने गरी सेवा शुल्क तथा नीति परिमार्जन भएको खण्डमा थप धरौटी राख्न व्यवसायीहरुले विचार गर्न सक्छन् अध्यक्ष रोहन गुरुङद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

रोजगारदाता कम्पनीले नेपाली कामदार लिनुपर्ने बाध्यात्मक अवस्था नरहेको हुँदा दक्षिण एसियाली मुलुकहरु र आसियान मुलुकहरुका एजेन्सीहरुसँग खुल्ला बजारमा प्रतिस्पर्धा चुनौतिपूर्ण रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रतिस्पर्धी मुलुकहरुको सेवा शुल्क र बैदेशिक रोजगार नीतिमा एकरुपता नहुँदा नेपाली व्यवसायीले भोग्नु परिरहेको समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

व्यवसायीले धरौटी बृद्धि मात्रको निर्णय अव्यवहारिक र अवैज्ञानिक हुने ठहर गरेका छन् । हाल व्यवसायको मात्रा अनुसार धरौटी बृद्धि गर्नेगरी गृहकार्य चलिरहेको छ ।

यो पनि पढ्नुहोस् बेरोजगार भत्ता कसले पाउँछन्, कसले पाउँदैनन्? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: