एयरपोर्टमा आतंक सिर्जना नगर्न अपिल, भन्सार तिरेर सामान लैजान पाउने व्यवस्था गर्न माग 

काठमाडौं, माघ २८-

गैरआवासिय नेपाली संघ(एनआरएनए, ओमान) ले बैदेशिक रोेजगारबाट फर्किनेहरुले ल्याउन पाउने सामान(झिटिगुण्टा) सम्वन्धमा अकस्मात गरिएको अनावश्यक कडाईले बैदेशिक रोजगारीमा रहेका नेपालीबीच एक प्रकारको आतंक सिर्जना भएको भन्दै त्यसलाई समयसापेक्ष बनाउन माग गरेको एनआरएनए, ओमानका अध्यक्ष दिपक श्रेष्ठ तथा महासचिव पूर्ण बहादुर श्रेष्ठले एक विज्ञप्ती प्रकाशित गर्दै बैदेशिक रोजगारमा रहेका नेपाली देशका लागि आर्थिक सैनिक भएको तर उनीहरुलाई नेपाल अध्यागमनबाट आवतजावत गर्दा सुखको अनूभूति नभएको बताएका छन्

सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाइदिनुको साटो विभिन्न तरिकाबाट प्रहार, शोषण अन्याय भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइदिन एनआरएनए, ओमान शाखाले अध्यक्ष भवन भट्टलाई आग्रह गरेको हो

विज्ञप्तीमा झिटिगुण्टा सम्वन्धी नियमलाई समय सापेक्ष अनतरािष्टय नियम अनुसार परमार्जन गर्न, व्यक्तिगत प्रयोजन वा प्रयोग गरिएका सामग्रीहरु विना झण्झट पूर्ववत नियम अनुसार ल्याउन लैजान पाउने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरिएको

यसैगरी बैदेशिक रोजगार सम्वन्धी कुनैपनि नियम कानून परिवर्तन भएको खण्डमा महिना अगावै सवैलाई जानकारी गराउनु पर्ने विदेशस्थीत नियोग मार्फत सो  देशमा रहेका नेपालीलाई जानकारी गराउन माग गरिएको यसैगरी कथम्कदाचित कसैले तोकिएको भन्दा बढी सामान लिएर आएको खण्डमा त्यसलाई जफत नगरी नियमानुसार भन्सार तिरेर लैजान पाउने व्यवथा गर्न अपराधीक कार्य गरे झै सामग्री नै जफत गर्न आवश्यक नभएको विज्ञप्तीमा जनाइएको

यो पनि पढ्नुहोस् स्वदेशमा नै रोजगारी सिर्जनाको आधार तयारः मन्त्री विष्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: