काठमाडौं, माघ २५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ३२ पैसा र विक्रि दर ३१ रुपैंयाँ ४८ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ४१ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५७ पैसा छ । यसैगरी युएई दिरामको खरिददर ३१ रुपैंया ५ पैसा तथा विक्रि दर ३१ रुपैंया २१ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ९९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा छ । यसैगरी कुवेती दिनारको खरिददर ३७५ रुपैंया ४० पैसा छ भनें विक्रि दर ३७७ रुपैंयाँ ३८ पैसा छ । बहराइन दिनारको खरिददर ३०२ रुपैंयाँ ४६ पैसा छ भनें विक्रि दर ३०४ रुपैंयाँ ५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
