पाल्पालीले स्थापना गरे १५ लाखको अक्षयकोष 

युएई, माघ २१-

पाल्पा जिल्लाबाट रोजगारीको शिलशिलामा युएई आएका युवाहरुको संस्था पाल्पाली समाज युएईले जिल्लाका ६० विद्यालयमा गरि १५ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । साविकका ६० वटा स्थानीय तहका एक-एक विद्यालयमा अक्षयकोष स्थापना गर्ने लक्ष्य बमोजिम २५ २५ हजार रुपैयाको अक्षयकोष स्थापना गरिएको समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिए ।

संस्था स्थापना पछि २१औं शताब्दीमा शिक्षा नै मुख्य कुरा भएको निष्कर्ष सहित जिल्लाको शैक्षिक विकासमा टेवा पुर्याउने लक्ष्य राखि अक्षयकोष स्थापनाको अभियान अगाडी बढाईएको अध्यक्ष अर्यालले जानकारी दिए । कोष स्थापनाका लागि समाजले आफ्ना सदस्यहरुलाई एक दिन बराबरको तलव सहयोग गर्न आह्वान गरेको थियो । त्यसवापत करिब पाँच लाख रुपैया संकलन भएको अध्यक्ष अर्यालले जानकारी दिए । ३ सय २५ जनाले सो समाजको सदस्यता लिएका छन् । अक्षयकोषमा समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रम तथा बनभोज कार्यक्रमबाट बचत भएको रकम पनि समाबेश गरिएको उनले जानकारी दिए ।

यसैबीच गत शुक्रबारको बरदुबईमा भएको समाजको विस्तरित बैठकमा अक्षयकोष स्थापनाका क्रममा जिल्लाका विभिन्न विद्यालय पुगेर सहभागि हुने सदस्यलाई सम्मान गरिएको छ । समाज अध्यक्ष बेद प्रसाद अर्यालको अध्यक्षतामा भएको विस्तारित बैठक तथा समिक्षा कार्यक्रममा समाजका संरक्षक कृष्ण आचार्य, निवर्तमान अध्यक्ष खुम बहादुर आले, उपाध्यक्ष कैलाश अर्याल, ओम कुमारी खाँड, दुबई क्षेत्रिय समिति अध्यक्ष खगेश्वरा पाल्पाली कान्छा, सारजहा क्षेत्रिय समिति अध्यक्ष रमेश बस्याल, अजमान क्षेत्रिय समिति अध्यक्ष खिमानन्द पाण्डे, फुजेरा क्षेत्रिय समिति अध्यक्ष अमित बि क लगायतले आफ्ना बिचार राखेका थिए । 

बैठकमा विगतका कार्ययोजना कार्यक्रमको समिक्षा गर्दै नयाँ योजना बारे छलफल भएको महासचिव बिष्णु खनालले जानकारी दिए । समाजले समस्यामा परेका विभिन्न ब्यक्तिलाई आर्थिक सहयोग, पुर्बाधार निर्माण लगायतका काममा पनि सहयोग गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् जव कलाकार युरोपको कागज बनाउन लुके 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: