मन्त्री कुलासेगरनको आग्रहः विदेशी श्रमिकलाई पनि मलेसियन नागरिकलाई जस्तै व्यवहार गर

क्वालावम्पुर, माघ १८-

नेपाली र बंगलादेशी श्रमिकलाई तीन महिनादेखि तलव नदिएर काममा लगाउने ग्लोव कम्पनी डव्लुआरपीलाई ४२ वटा विषयमा मुद्धा चलाईने अपेक्षा मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले प्रकट गरेका छन् । आफ्नो कम्पनीमा काम गर्नेहरुलाई राम्रो बसोवासको प्रवन्ध नगरेको लगायत मुद्धामा सो कम्पनीलाई कारवाही हुनुपर्ने उनले बताएका छन् ।

श्रमिकलाई बस्न दिइएको ठाउँ चिन्ताजनक छ मन्त्री कुलासेगरनले इपो पेराकमा आयोजित एक कार्यक्रम पश्चात पत्रकारहरुसँग भने यस्तो कुरा तत्काल रोकिनु पर्दछ । उनले मन्त्रालयले गत अगष्ट देखि नै सो कम्पनीको अनुसन्धान गरिरहेको बताए ।

उनले सो कम्पनीले श्रम कानून उल्लंघन गरेका ४२ वटा घटना भएको भन्दै तर यो एउटा कम्पनीमा मात्र यस्तो समस्या नभएको भन्दै अन्य कम्पनीहरुमा पनि थुप्रै समस्या सरकारले फेला पारेको बताए ।

मन्त्री कुलासेगरनले रोजगारदाताहरुलाई विदेशी कामदारहरुलाई मलेसियन नागरिक सरह व्यवहार गर्न आव्हान गरे । “स्थानीय नागरिकको कम्पनी विरुद्ध कुनै गुनासो हुन्न किनकी उनीहरु तत्काल श्रम कार्यालयमा जान सक्छन्”, उनले भने “तर विदेशी श्रमिकलाई भनें किन उस्तै व्यवहार गरिन्न ?” उनले यो अन्याय भएको बताए ।

उनले १० लाख भन्दा धेरै मलेसियाली नागरिक विदेशमा कार्यरत रहेको भन्दै उनीहरुलाई पनि ति मुलुकमा यस्तै व्यवहार गरिएमा कस्तो लाग्छ भन्दै प्रश्न गरे ।

डव्लुआरपी कम्पनीले तीन महिनादेखि तलव नदिएपछि नेपाली लगायतका २ हजार कामदार काम छोडेर आन्दोनमा उत्रिएका थिए । सो घटनालाई नेपाली दूतावासले समन्वय गरी तत्कालका लागि समाधान गरेको छ । तर कम्पनीले उपलव्ध गराउनु पर्ने तलव लगायतको रक मभनें उपलव्ध गराउन बाँकी नै छ ।

यो पनि पढ्नुहोस् अस्थिपञ्जर बन्नु अघिः बैदेशिक रोजगारमा नजान एउटा प्रेरणादायी कविता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: