मलेसियामा कामदारको तलव रोक्ने कम्पनीलाई सरकारले कारवाही गर्ने

क्वालालम्पुर, माघ १७-

मलेसियाको मानव संशाधन मन्त्रालयले नेपाली लगायतका विदेशी कामदारलाई तलव नदिने डव्लुआरपी कम्पनीलाई जरिवाना तिराउने बताएको छ । सो मन्त्रालयले कामदारको तलव रोक्का राख्ने सो कम्पनी विरुद्ध कारवाही गर्ने जनाएको हो । तीन महिनादेखि तलव नपाएपछि नेपाली, बंगलादेशी लगायतका कामदार काम छोडेर आन्दोलनमा उत्रिएका थिए । नेपाली दूतावासको समन्वयमा भएको छलफल पश्चात नेपाली श्रमिक काममा फर्किन सहमत भएका  थिए ।

मलेमेलका अनुसार सो कम्पनीले गत नोभेम्वरदेखि कामदारको तलव नदिएको भेटिएको छ । गत मंगलवार सो कम्पनीले आगामी फेब्रुअरी १६ भित्रमा सवै रकम चुक्ता गर्ने सहमति जनाएपनि सो कम्पनीले कानूनी कारवाही भोग्नुपर्ने मन्त्रालयले प्रष्ट पारेको हो । मन्त्रालयद्धारा जारी विज्ञप्तीमा श्रम विभागले सो कम्पनीलाई कारवाही गर्ने विषयमा तयारी थालिसकेको जनाइएको छ । तर कस्तो कारवाही हुन्छ भन्न यकिन भनें भइनसकेको समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय