क्वालालम्पुर, माघ १५-
मलेसियामा तीन महिनादेखि तलव नपाएपछि आन्दोलनमा उत्रिएका नेपाली श्रमिक काममा फर्केका छन् । मलेसियास्थीत नेपाली दूतावासको समन्वयमा भएको छलफलमा रोजगारदाता कम्पनीले आगामी शुक्रवारसम्ममा सवै बाँकी तलव, सुविधा वापतको रकम उपलव्ध गराउने प्रतिवद्धता जनाएपछि नेपाली श्रमिक काममा फर्केका हुन् ।
तलव नपाएपछि नेपालीहरु काम छोडेर आन्दोलनमा उत्रिएपछि नेपाली दूतावासकी श्रम सहचारी सनमाया रम्तेल सहितको टोली कम्पनी पुगेर घटना मिलाएको हो । यसअघि कम्पनीले फेब्रुअरीको २८ सम्ममा बाँकी रकम उपलव्ध गराउने भनेपनि श्रमिकले त्यसमा असहमति जनाएका थिए । दूतावासका प्रतिनिधिको रोहवरमा भएको छलफलमा कम्पनी आगामी शुक्रवारभित्रमा रकम तिर्न सहमत भएको हो ।
ग्लोव उत्पादन गर्ने सो कम्पनीले केहि महिनायता यसरी नै पटक पटक तलव उपलव्ध गराउन ढिलाई गर्दै आएको छ । सेलेङगार राज्यमा अवस्थीत सो कम्पनीमा होष्टल, खाना शुल्क, धारापानी शुल्कको नाममा प्रति महिना ३ सय रिंगिटको हाराहारीमा काट्ने गरिएको गुनासो श्रमिकले गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस् मलेसियामा २ हजार नेपाली आन्दोलनमा (भिडियो)
तलव नपाएपछि २ हजार नेपाली आन्दोलनमा
भिडियो बनाउने नेपालीमाथि कुटपीट
साउन १ देखि विदेशबाट पनि सञ्चयकोषमा रकम जम्मा गर्ने व्यवस्था सुरु गर्न प्रस्ताव