मलेसियामा आन्दोलनको भिडियो बनाउने नेपालीमाथि कुटपीट, श्रम कार्यालयले बोलायो रोजगारदातालाई

काठमाडौं, माघ १५-

मलेसियामा तलव नपाएपछि सुरु भएको आन्दोलनको भिडियो खिच्ने केहि नेपालीमाथि कुटपिट भएको छ । मलेसियाको सेलेङगरमा रहेको डव्लुआरपी कम्पनीमा कार्यरत २ हजार नेपाली सहितका विदेशी कामदार तीन महिनादेखि तलव नपाएपछि आन्दोलनमा उत्रिएका छन् । आज आन्दोलन सुरु भएको तेश्रो दिन हो 

आइतवार आन्दोलनमा उत्रिएपछि सोमवार केहि नेपालीले आन्दोलनको भिडियो बनाएर फेसबुकमा हालेका थिए । त्यसरी भिडियो बनाउने केहि नेपालीलाई रोजगारदाताले अन्य व्यक्ति लगाएर कुटपीट गरेपछि हिजो कामदारले म्यानेजर सहितका व्यक्तिलाई लखेटेको सोही कम्पनीमा कार्यरत एक नेपालीले बताए । नाम उल्लेख नगरिदिन अनुरोध गर्दै उनले हिजो केहि कामदारलाई १ हजार रिंगिटका दरले रकम हालिदिएको बताए ।

विगत ६ महिनादेखि तलवका विषयमा यसरी नै समस्या हुँदै आएको भन्दै उनले आफूहरु काम गर्ने सो कम्पनी जेलजस्तै भएको बताए । “बाहिर जान पाइन्न, काँडेतार लगाएर राखेको छ” उनले भने बाहिर जानु परेमा पास लिएर सिमित मात्रामा मात्र जान पाइन्छ । उनका अनुसार कम्पनीले प्रतिव्यक्ति होष्टल शुल्क, खाना खर्च तथा अन्य शिर्षकमा ३ सय रिंगिट भन्दा बढी काट्दै आएको छ । मलेसियाको नियम अनुसार प्रति महिना ५० रिंगिट भन्दा बढी होष्टल शुल्क लिएमा त्यो अवैधानिक ठहरिन्छ ।

यसैबीच आन्दोलन सुरु भएपछि सो विषयमा छलफल गर्न मलेसियाको श्रम विभागले रोजगारदातालाई बोलाएको छ । विभागका अनुसार आजै छलफल गर्न आउनेगरी रोजगारदातालाई जानकारी गराइएको हो ।

आन्दोलन सुरु भएपछि तोडफोड हुने आशंकामा रेला(नेपालको दंगा प्रहरी जस्तै) तथा प्रहरी व्यापक मात्रामा तैनाथ गरिएको छ । यस विषयमा बुझ्न मलेसियास्थीत नेपाली दूतावासले पनि श्रम सहचारी सनमाया रम्तेल सहितको टोली सो क्षेत्रमा पठाएको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा तीन महिनादेखि तलव नपाएपछि २ हजार नेपाली आन्दोलनमा उत्रिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: