क्वालालम्पुर, माघ १५-
मलेसियाको एक कम्पनीमा ३ महिनादेखि काम गरेको तलव नपाएपछि २ हजार नेपाली आन्दोलित भएका छन् । मलेसियाको सेलेंगर राज्यमा अवस्थीत डव्लुआरपी कम्पनीमा कार्यरत नेपाली सहित अन्य मुलुकका श्रमिक आन्दोलनमा उत्रेका हुन् । सो कम्पनीले ग्लोव उत्पादन गर्ने गर्दछ । सो कम्पनीले श्रमिकको शोषण गरिरहेको भन्दै यसअघि बेलायती सञ्चार माध्यम गार्जियनले पनि समाचार प्रकाशित गरेको थियो ।
नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका पूर्व महासचिव अर्जुन सुवेदीका अनुसार मंगलवार विहानैदेखि सो कम्पनीमा प्रहरी तैनाथ गरिएको छ । सो कम्पनीमा कार्यरत दुईजना नेपालीले आफूसँगको कुराकानीमा तीन महिनादेखि आफूहरुले तलव नपाएको र तलव माग्दा एकमहिनाको मात्र दिने बताएपछि कामदारहरु आन्दोलनमा उत्रिएको बताएको सुवेदीले बताए ।
मलेसियामा आन्दोलनको भिडियो बनाउने नेपालीमाथि कुटपीट, श्रम कार्यालयले बोलायो रोजगारदातालाई
