
काठमाडौं, माघ १३-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ २० पैसा र विक्रि दर ३१ रुपैंयाँ ३६ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया २९ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ४५ पैसा छ । यसैगरी युएई दिरामको खरिददर ३० रुपैंया ९२ पैसा तथा विक्रि दर ३१ रुपैंया ९ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६८ पैसा छ । यसैगरी कुवेती दिनारको खरिददर ३७४ रुपैंया ३८ पैसा छ भनें विक्रि दर ३७६ रुपैंयाँ ३६ पैसा छ । बहराइन दिनारको खरिददर ३०१ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर ३०२ रुपैंयाँ ८९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।