युएई र ओमानसँग श्रम समझदारीका लागि नेपालको प्रस्ताव तयार, नेपाली टोली शनिवार ओमान जाने

काठमाडौं, माघ ११-

सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सँग भएको एमओयू नवीकरण तथा ओमनसँग नयाँ श्रम सम्झौताको तयारी अगाडि बढाएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार र सुरक्षाको प्रत्याभूति गर्ने नीतिअनुरूप दुवै देशसँग वार्ताको तयारी थालेको हो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली श्रम सम्झौता तथा श्रम समझदारीमा सहमति जुटाउन शनिबार त्यसतर्फ जाँदै छन्। कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिवलगायतको उक्त टोलीले आइतबार र सोमबार ओमनसँग छलफल गर्ने संयोजक घिमिरेले जानकारी दिए। टोली मंगलबार युएई प्रस्थान गर्नेछ। युएईमा यसअघि नै भएको श्रम समझदारी नवीकरण गर्न बुधबार र बिहीबार द्विपक्षीय वार्ता तय भएको छ

युएईसँग सन् २००७ मा एमओयू भए पनि ओमनसँग भने हालसम्म कामदारसम्बन्धी कुनै पनि सम्झौता तथा समझदारी भएको छैन। ओमनले नेपाललाई करिब तीन महिनाअघि र युएईले डेढ महिनाअघि एमओयूको मस्यौदा पठाएका थिए। ओमनले पठाएको मस्यौदामा नेपालले विस्तृत अध्ययन गरी पूर्णरूपमा नयाँ किसिमको प्रस्ताव तयार पारेको छ। तुलनात्मक मपमा युएईको मस्यौदा उच्च स्तरको रहेको मन्त्रालयको बुझाइ छ

सरकारले कम्तीमा पनि मलेसियासँग गरेको श्रम समझदारीकै स्तरको एमओयू दुवै देशसँग गर्न चाहेको छहाम्रो पहिलो जोड त श्रम सम्झौताकै लागि हुन्छ,’ संयोजक घिमिरेले भने, ‘त्यो सम्भव नभए श्रमिकहरूलाई व्ययभार र ठगीमा नपर्ने गरी एमओयूका लागि वार्ता हुन्छ। त्यसमा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बिमा, महिना पूरा भएको निश्चित समयमा तलब सुविधा बैंक खातामै प्राप्त हुने, राहदानी कामदारसँगै रहनेलगायतका मूल एजेन्डा लिएर जाँदै छौँ

वार्ता टोलीले श्रम समझदारीका लागि नेपाल सरकारको पोजिसन क्लियरगर्ने र श्रम समझदारीका लागि सहमति कायम गर्ने कोसिस गर्नेछ। सहमति कायम भएको खण्डमा निकट भविष्यमै श्रम सम्झौता तथा समझदारीमा हस्ताक्षर गर्न मन्त्रीस्तरीय भ्रमण आदानप्रदान हुने मन्त्रालयले जनाएको छ। नयाँ पत्रिकाबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: