
काठमाडौं, माघ ७-
बैदेशिक रोजगार विभागले दुई देशबीच श्रम समझदारी हुनुपूर्व मलेसियाबाट प्राप्त कलिङ भिसाको विवरण मागेको छ । विभागले एक सुचना प्रकाशित गर्दै मलेसियाको भिसा प्राप्त गरेकाहरुको विवरण संकलनका लागि १५ दिन भित्रमा विवरण उपलव्ध गराउन आव्हान गरेको छ ।
विभागका महानिर्देशक दिलिप चापागाईले त्यस्ता कलिङ भिसा प्राप्त गरेका र म्याद बाँकी रहेकाहरुको तथ्याँक आवश्यक भएकाले नेपालस्थीत रिक्र्ईटिङ एजेन्सीहरु मार्फत कलिङ भिसा प्राप्त गर्ने कामदारहरुको विवरण विभागमा बुझाउन आग्रह गरिएको बताए ।