मलेसियाको रोजगारी छिटो खुलाउन माग

काठमाडौं, माघ ५-

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले रोकिएको मलेसियाको रोजगार खुलाउन सरकारसँग माग गरेका छन्

दुवै संगठनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै मलेसियामा रोजगारी बन्द भएपछि भीसा प्रक्रिया पूरा गरेर उडानको प्रतिक्षामा रहेका हजारौं नेपाली बेरोजगार युवाले भोग्नुपरेको पीडाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरेका छन् मलेसिया नेपाल सरकारबीच भएको समझदारीपत्रमा हस्ताक्षर भएपछि जुन तिब्रता मलेसिया रोजगारीले लिनुपर्ने थियो त्यसो नभई मन्त्रालयको सुझबुझपूर्ण निर्णय नहुँदा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएर पनि मलेसिया रोजगारी टुंगोमा पुग्न सकेको छैन,” विज्ञप्तिमा भनिएको , “समझदारीपत्रमा हस्ताक्षर भएको झन्डै महिना हुँदासमेत रोजगारी सुचारु गर्न मन्त्रालय असफल हुनु अत्यन्त बिडम्वनाको विषय हो

मलेसिया रोजगारीका सन्दर्भमा मन्त्रालयले आफैं अनावश्यक जटिलता सिर्जना गरिरहेको मञ्चको ठहर विज्ञप्तिमा भनिएको , “एकातर्फ वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने नाममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार पठाउने अन्य प्रतिस्पर्धी मुलुकको प्रचलन अध्ययन नै नगरी विभिन्न नियम लागू गराउन क्रियाशील रहेको भने अर्कोतर्फ आमव्यवसायीलाई असान्दर्भिक धरौटी वृद्धिको प्रस्तावले वैदेशिक रोजगार क्षेत्रमा दलाल पूँजीपतिको एकाधिकार कायम हुनेछ अघोषित सिन्डिकेट खडा गरी नेपाली युवाको झन् चरम शोषण हुने कुरामा दुईमत नै छैन

वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको दीर्घकालीन रूपमै समाधान निकास खोजिनु पर्ने सुझाव दिँदै व्यवसायीले परिस्थितिलाई टालटुल प्रचारबाजी गरेर मात्र सही निकास ननिस्कने स्पष्ट पारेका छन् यी समस्याका सन्दर्भमा नेकपासँग आवद्ध प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले विगतदेखि नै समस्या समाधानको निम्ति पहल ध्यानाकर्षण गराएको स्मरण गर्दै हाल सिर्जना भएका जटिलताप्रति गम्भीर ध्यानाकर्षण गराइएको

वैदेशिक रोजगार क्षेत्रका विषय सवै पक्षको साझा छलफल सहभागितामा यथाशक्य चाँडो समाधान गरी यस क्षेत्रलाई संकटग्रस्त अवस्थाबाट जोगाउन दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएरसमेत अझै बन्द रहेको मलेसिया रोजगारी अविलम्ब खुल्ला गर्न व्यवसायीले अनुरोध गरेका छन् कारोवारबाट

यो पनि पढ्नुहोस विदेशमा बस्नेहरु, तपाईका छोराछोरी कसरी हुर्किदैछन् ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: