मेनपावर कम्पनीको धरौटी बढाउने प्रस्तावको विपक्षमा उभिए दुई साँसद

काठमाडौँ, माघ २-

बैदेशिक रोजगार व्यवसायीहरूले केही नेपाल ऐन संशोधनमार्फत् सरकारले प्रस्ताव गरेको कम्पनीको धरौटी बैङ्कग्यारेन्टीरकम कम गर्न लबिङ गरिरहेका बेला दुईजना साँसदहरुले पनि माग अनुकूल हुने गरी संशोधन प्रस्ताव दर्ता गरेका छन् केही नेपाल ऐन संशोधन विधेयकमा दुई सांसद्ले सरकारले प्रस्ताव गरेको धरौटी रकम घटाउन माग गरेका छन् विधेयक अहिले दफाबार छलफलका क्रममा कानून तथा मानव अधिकार समितिमा विचाराधीन

सरकारले कामदार पठाउने लक्ष्यका आधारमा धरौटी रकम निर्धारण गरेको कति कामदार पठाउनका लागि इजाजत लिने भन्ने सम्बन्धित कम्पनीमा नै निर्भर गर्छ कामदार पठाउन राख्ने लक्ष्यका आधारमा सरकारले धरौटी बैङ्क ग्यारेन्टी तय गरेको

धरौटी घटाउने पक्षमा काँग्रेस सांसद् प्रकाश रसाइली स्नेही संघीय समाजवादी फोरम नेपालका प्रदीप यादवले संशोधन दर्ता गरेका छन् यस्तै, काँग्रेसकै लक्ष्मी परियारले धरौटी रकम बढाउँदा रकम जम्मा गर्नका लागि एक वर्ष समय थप गर्नुपर्ने संशोधन प्रस्ताव दर्ता गरेकी छन् नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले भने बैदेशिक रोजगार कम्पनीको इजाजत नै बन्द गर्नुपर्ने प्रस्ताव गरेका छन्  

सरकारले हाल कायम रहेको धरौटी रकम बढाएर धरौटी रकम दुई करोड रुपियाँसम्म बैङ्क ग्यारेन्टी चार करोड रुपियाँसम्म पु¥याउने प्रस्ताव गरेको कम्पनी स्थापनका लागि निवेदन प्राप्त भएमा पाँच हजारसम्म कामदार पठाउने लक्ष्य राखेको कम्पनीसँग धरौटी एक करोड बैङ्क ग्यारेन्टी दुई करोड रुपियाँ पु¥याउन प्रस्ताव गरिएको यस्तै, वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने उद्देश्यसहित इजाजत माग गरेको कम्पनीको हकमा धरौटी दुई करोड बैङ्क ग्यारेन्टी चार करोड रुपियाँ प्रस्ताव गरिएको

सांसदद्वयले भने धरौटी रकमलाई पुरानै कानुन अनुसार यथावत राख्न प्रस्ताव गरेका हुन् सांसद् रसाइलीले दर्ता गरेको संशोधन प्रस्तावमा भनिएको ‘‘हाल सञ्चालनमा रहेका इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाहरुको हकमा हाल कायम रहेको धरौटी रकम नगद सात लाख रुपियाँ बैङ्क ग्यारेन्टी २३ लाख रुपियाँ यथावत राख्ने

रसाइलीले हाल कायम रहेका म्यानपावरको धरौटी नबढाउने गरी संशोधन दर्ता गरेका हुन् यादवले भने हालकै धरौटी बैङ्क ग्यारेन्टी कायम गरेर इजाजतपत्र दिनुपर्ने व्यवस्थाका लागि संशोधन दर्ता गरेका छन्  

सांसद् सुवालले भने भूकम्पपछिको पुनर्निर्माण तथा कृषि उत्पादनका लागि समेत जनशक्ति अभाव भएको भन्दै युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्नुपर्ने प्रस्ताव गरेका छन् वैदेशिक रोजगारमा जानबाट रोक्न कम्पनीको इजाजत बन्द गर्नुपर्ने सुुवालको माग

यस्तै, काँग्रेसकै सांसद् लक्ष्मी परियारले भने धरौटी तथा बैङ्क ग्यारेन्टी रकम बढाउनुपर्ने भएमा व्यवसायीलाई थप एक वर्ष समय दिनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेकी हुन् (गोरखापत्रबाट)

यो पनि पढ्नुहोस् स्वदेशमै खनिखोस्री गरीखाउ, मलेसिया नआउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय