उद्यमी बन्न आतुर बैदेशिक रोजगारबाट फर्केकाहरु

 काठमाडौं, पुष ३०- 

बैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वरोजगार बनाउँदै स्वदेशमा नै रोजगारीमा संलग्न गराउने तथा अरुका लागि समेत रोजगारी सिर्जना गर्ने उद्धेश्यले सरकारले अगाडी बढाएको सहुलियत व्याजदरको ऋण लिन युवाहरुमा ठूलो आकर्षण देखिएको छ । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले ऋण लिन चाहनेहरुलाई समन्वय गर्न आव्हान गरेको निवेदन बुझाउने अन्तिम दिन सोमवार बोर्डमा ठूलो भीड लागेको छ । 

विहानै देखि लाम लागेकाहरु सोमवार मात्रै ३ हजार भन्दा धेरै हुने अनुमान छ । यसअघि आइतवारसम्ममा १४ हजारले बोर्डमा फारम बुझाई सकेका छन् । त्यसैले बोर्डमा अन्तिम दिन (सोमवार) सम्ममा झण्डै १७ देखि १८ हजार आवेदन पर्ने अनुमान छ । 

बोर्डले निवेदन लिएपनि यो ऋण बोर्ड वा सरकारी कुनै निकायले उपलव्ध गराउने भनें होइन । यसका लागि वाणिज्य बैंकहरुले नै ऋण प्रदान गर्नुपर्दछ । बोर्डले संकलन गरेका निवेदनहरुको अध्ययन गरी त्यसलाई व्यवस्थीत गरेर त्यसलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुझाइने र मन्त्रालय मार्फत नै ति निवेदनहरु अर्थ मन्त्रालय हुँदै बैंकहरुसँग समन्वय हुने बोर्डका सुचना अधिकारी दीनबन्धु सुवेदीले बताए । उनका अनुसार यति धेरै युवाले उद्यमी हुन देखाएको रुचिले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न उपयुक्त अवसर रहेको प्रष्ट हुन्छ । 

बैंक मार्फत नै ऋण प्रवाह हुने भएका कारण बोर्डमा निवेदन बुझाएकाहरुले सिधै सम्वन्धीत बैंकहरुमा गएर ऋणका लागि प्रकृया पनि गर्न सक्दछन् । यो ऋण लिन चाहनेका लागि यसअघि देशपरदेशले प्रकाशित गरेका यी समाचार उपयोगि हुन सक्दछन्, पढ्नुहोस्  

विदेशबाट फर्केकाहरुलाई १० लाख ऋणः बोर्ड भन्दा बैंक जानु ठिक

बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि १० लाख ऋण: के कुरा थाहा पाउन जरुरी छ ?

बैदेशिक रोजगारबाट फर्केकाहरुः ऋणका लागि मारामार, सीप परिक्षणमा उदासिन

विदेशबाट फर्केका र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन चाहनेलाई समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: