कम्पनी छोडेर भाग्दा घर फर्काउन दूतावासलाई पनि समस्याः श्रम सहचारी रम्तेल

सनमाया रम्तेल-

मलेसियामा रोजगारी गरिरहेका नेपालीहरु विभिन्न कारणले कम्पनी छोडेर भाग्ने समस्या सवैभन्दा धेरै देखिएको यसको मुख्य कारण चाहिं कतिपय कम्पनीबाट श्रमिकले काम गरेको तलव नपाउने वा पाए पनि ढिलो पाउने समस्या

यसरी कम्पनीबाट समस्या भएपछि कतिपय नेपाली रोजगारीका लागि आएको कम्पनी छोडेर भाग्ने गर्नुहुन्छ तर मलेसिया सरकारले पछिल्लो समयमा निक्कै कडा रवैया अपनाएको त्यसरी कम्पनी छोडेकाहरुसँग पासपोर्ट कुनै कानूनी कागजात नहुने भएका कारण उहाँहरु पक्राउ पर्नुहुन्छ त्यसैले तलव नपाएपछि चाल्ने कदमले उहाँहरुलाई झन समस्यामा पारेको त्यसैले तपाई मलेसियामा कार्यरत हुनुहुन्छ, तलव पाउनु भएन वा ढिलो दिइयो भनें हामी दूतावासका तर्फबाट तपाईलाई सहयोग गर्न सक्छौं त्यस्तो अवस्थामा हामी नेपालमा मेनपावर कम्पनीसँग कुराकानी गर्छौं त्यति गर्दापनि भएन भनें हामीसँग कानूनी बाटो हुन्छ हामीले गरिरहेका पनि छौं

जव तपाई तलव पाइएन भनेर कम्पनी छोडेर भाग्नुहुन्छ, त्यसपछि त्यो भन्दा लाखौं गुणा ठूलो समस्या तपाईको सुरु हुन्छ मलेसियाको अध्यागमनले त्यसरी कागजात नभएका व्यक्तिलाई खोज्ने, पक्राउ गर्ने गरेको त्यसैले तपाई समातिने, थुनामा पर्ने हुनसक्छ हामी जेल वा थुनुवा केन्द्रमा भ्रमणमा जाँदा धेरैजसो नेपाली साथमा पासपोर्ट वा आवश्यक कागजात नभएका कारण पक्राउ परेर थुनामा परेको भेट्छौं

अर्को कुरा त्यसरी कम्पनी छोडेर भागेकाहरु नेपाल फर्किन सहयोग माग्दै दूतावास आउने गर्नुहुन्छ तर हामीले चाहेर पनि, प्रयास गर्दा पनि तपाई कम्पनी छोडेर भाग्नु भएको हो भनें सजिलै नेपाल पठाउन सकिन्न

कमाउन आएको मान्छे, आर्थिक अवस्था केहि सुधारौं भनेर आएको मान्छे, थोरै सचेत नहुँदा दुःख पाउनुहुन्छ घरपरिवारको आर्थिक अवस्था सुधार्छु भनेर आएको मान्छे जेल, थुनुवा केन्द्र हुँदै घर फर्किनुपर्दाको अवस्था कल्पना गरिसाध्यको हुन्न हामीले गरेको जेल थुनुवा केन्द्रको भ्रमणमा त्यो समस्या एकदमै धेरै देखिएको त्यसैले बेलैमा यो कुरामा विचार पुर्याउन मेरो आग्रह

अर्को कुरा मलेसियामा रोजगारीका लागि आएका कतिपयको बर्ष बर्षदेखि परिवारसँग सम्पर्क नभएको पनि देखियो मेरो आग्रह आफ्नो परिवारसँग कुराकानी गर्नुस्, सम्पर्कमा रहनुस् आफ्नो परिवारसँग सम्वन्धलाई राम्रो बनाएर नेपाल फर्किन प्रयास गर्नुस्  

(रम्तेल मलेसियास्थीत नेपाली दूतावासकी श्रम सहचारी हुन् दूतावासको साप्ताहिक फेसबुक लाइभमा श्रम सहचारी रम्तेलले व्यक्त गरेको यो विचार पुष ३०, २०७५ मा प्रकाशित भएको हो )  

यो पनि पढ्नुहोस् उद्यमी बन्न आतुर बैदेशिक रोजगारबाट फर्केकाहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय