विदेशबाट फर्केकाहरुलाई १० लाख ऋणः बोर्ड भन्दा बैंक जानु ठिक

काठमाडौं, पुष २९-

बैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउन तथा अन्य व्यक्तिका लागि पनि रोजगारी सिर्जना गर्ने भन्दै सरकारले आव्हान गरेको १० लाख ऋण लिन चाहने युवाको संख्या ठूलो देखिएको छ ।

बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निवेदन लिएर सहजिकरण गरिदिने बताएपछि त्यो भीड बोर्डको सचिवालयमा केन्द्रीत भएको छ । पुष ३० सम्म आवेदन दिन पाइने सुचना बोर्डले निकालेका कारण हाल बोर्डको सचिवालयमा थामिनसक्नु युवा ओइरिएका छन् । झण्डै १५ हजार व्यक्तिको आवेदन बोर्डमा पर्ने अनुमान छ ।

तर सहुलियत व्याज दरमा ऋण दिने सम्वन्धमा सरकारले ल्याएको कार्यविधि अनुसार यसरी दिईने ऋण बाणिज्य बैंकहरु मार्फत प्राप्त गर्ने हो । तसर्थ वाणिज्य बैंकहरु ऋण प्रवाहमा तयार नभएसम्म सो ऋण पाउन सकिन्न । बोर्डले हाल संकलन गरिरहेको फारम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालय पठाउने भनिएको छ जुन अन्ततः वाणिज्य बैंकहरुमै पुग्नु पर्दछ । यसका लागि निक्कै लामो प्रकृया मात्र लाग्दैन, त्यो झण्झटिलो पनि हुनेछ । साथै अर्थ मन्त्रालयले कतिवटा वाणिज्य बैंकलाई कुन प्रकृयाद्धारा यो प्रकृयामा संलग्न गराउँछन् भन्ने यकिन छैन । तसर्थ बोर्ड मार्फत फारम भरेकाहरुले ऋण लिन लामो समय लाग्ने मात्र होइन त्यो प्रकृया नै अन्यौलमा पर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

सरकारले गत भदौ २१ गते पारीत गरेर कार्यान्वयनमा ल्याएको सहुलियत व्याजदरको ऋण सम्वन्धि कार्यविधिमा यस्तो ऋण लिन बैदेशिक रोजगारबाट फर्केका युवा भन्नाले श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम पेशा, व्यवसाय, क्षेत्रमा काम गरी फर्केको तीन बर्ष ननाघेको व्यक्ति हुनुपर्छ भनिएको छ । ऋण ५ बर्षका लागि लिन सकिन्छ जुन बैंकहरुले दिन्छन् । यो कार्यक्रम अन्तर्गत ऋण लिंदा बैंकले लिने व्याजमा सरकारले ५ प्रतिशत तिरिदिन्छ । तसर्थ यो रकम सरकारले वितरण गर्ने रकम होईन । यसअघि युवा स्वरोजगार कोषको करोडौं रकम लगेर धेरैले नतिरेको अनुभवका आधारमा यसपटक त्यस्तो ऋण वाणिज्य बैंक मार्फत दि ने प्रवन्ध सरकारले मिलाएको हो । 

कति ऋण दिने, कति समय भित्र तिरिसक्नु पर्ने भन्ने कुरा बैंकले नै निर्धारण गर्न पाउँछन् । ऋण माग्नेले गर्न खोजेको कामलाई हेरेर बैंकहरु यस्तो निर्णय गर्न स्वतन्त्र हुन्छन् । त्यसैले कति ऋण दिने र त्यसको भुक्तानीको किस्ताका बारेमा बैंकले नै तय गर्छन् । व्याजदर केहि फरक पर्नसक्ने र ऋण लिन सजिलो अप्ठ्यारो हेरेर कुन बैंकबाट ऋण लिने भनेर तय गर्नु उचित हुन्छ ।

बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुमा रहेको ज्ञान तथा सीपसँग सम्वन्धित व्यवसाय सञ्चालन गर्न परियोजना नै धितामा राखेर बैंक वा वित्तिय संस्थाले ऋण दिनेछ । त्यसैले यस्तो ऋण लिन तपाईले कुनै घर, जग्गाजमिन जस्तो कुरा धितोमा राख्नु पर्दैन । तर ऋण नतिरेमा बैंकिङ कसुरको अभियोगमा हुने सम्पूर्ण कारवाही हुने भएका कारण बैंक मार्फत लगेको ऋण तिर्नै पर्ने हुन्छ ।

त्यसैले ऋण लिन चाहने व्यक्तिले आफूले  सो ऋण के कुरामा लगानी गर्ने हो त्यसका बारेमा यकिन हुन, सोही अनुरुप काम गर्न र समयमै साँवा र व्याज तिर्नुपर्ने हुन्छ ।

कार्यविधिले गरेको व्यवस्था अनुसार ऋण कुनै सरकारी कार्यालयले प्रवाह गर्ने नभई, वाणिज्य बैंकहरुले उपलव्ध गराउने भएका कारण बोर्डमा आवेदन गर्न चाहने वा गरिसकेकाहरुले पनि वाणिज्य बैंकहरु मार्फत प्रकृया गर्दा सहज हुन सक्छ ।

यो पनि पढ्नुहोस् रक्सी जफतः खाडी भन्दा अमेरिका युरोपबाट आउनेको आक्रोश धेरै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय