पोखरा, पुष २६-
श्रम मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारमा जान चाहनेलाई अव आफ्नै ठाउँबाट सुचना दिने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशको पुनः श्रम स्वीकृति गर्ने कार्यको सुरुवात गर्नु अघि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री विष्टले बढीमा अवको एक महिना भित्रै ७ सय ५३ वटै स्थानीय तहबाट सुचना केन्द्र सुरु हुने बताएका हुन् ।
अवको दुई चार दिन भित्रै स्थानीय तहमा सुचना केन्द्रहरु सञ्चालनका लागि आवश्यक पर्ने अधिकृतिहरुका लागि विज्ञापन हुने मन्त्री विष्टले बताए । उनले बैदेशिक रोजगारका बारेमा सुचना लिन हजारौं खर्च गरेर काठमाडौं पुगेपछि बाध्यतापूर्वक बैदेशिक रोजगारमा जानु परिरहेको अवस्थाको अन्त्यका लागि प्रदेश तहबाट नै श्रम स्वीकृति दिन थालिएको बताए । उनले स्थानीय तहबाट नै कुन मेनपावर कम्पनी विरुद्ध मुद्धा छ, कुन देशका कस्तो रोजगारी छ भन्ने सवै जानकारी, सुचना पाउने बताए ।
मन्त्री विष्टले वर्तमान सरकारको प्राथमिकता स्वदेशको रोजगारी नै भएको भन्दै मुलुकमै लाखौं श्रम गर्ने व्यक्ति आवश्यक भएको बताए । उनले बर्षेनी कृषि उपज आयातलाई प्रतिस्थापन गर्न ठूलो जनशक्ति स्वदेशमा नै आवश्यक भएको बताए ।
उनले यो अवस्थामा पनि नेपालबाट किन युवा पलायन भइरहेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए । उनले काम प्रतिको सम्मान नबढेका कारण मुलुकमा नै श्रम गर्ने संस्कृति कमजोर भएको बताए । काम गर्नेको तुलनामा काम नगर्नेहरु रातारात धनी हुने गरेको भन्दै यसले पनि काम गर्ने प्रवृत्ति कमजोर भएको भन्दै कामले कोहि पनि सानो हुन्न भन्ने धारणा राखे ।
यो पनि पढ्नुहोस् मलेसियामा कार्यरत नेपाली भन्छन्स् मलेसिया त नखुलेकै राम्रो
