‘युएईमा भिजिट भिसामा रोजगारीका लागि नआउनु’

दुवई, पुष २६-

आकर्षक रोजगारीको आश्वासनमा तपाई भिजिट भिसामा युएई आउँदै हुनुहुन्छ ? यदि त्यस्तो योजनामा हुनुहुन्छ भनें तपाई कसैको विश्वासमा परेर नआउनु नै राम्रो हुन्छ किनकी युएईको कानूनले त्यस्तो अनुमति दिन्न ।

खालिज टाइम्समा प्रकाशित समाचारमा भनिएको छः कतिपय कम्पनीले गर्ने गलत बाचाको भर नपर्नु राम्रो हुन्छ किनकी त्यस्ता कम्पनीहरुले व्यक्तिगत भिजिट भिसाकै अवस्थामा तपाईलाई रोजगारीमा लगाएको हुन सक्दछ । युएईको कानूनले भिजिट भिसामा आएका विदेशीलाई रोजगारी गर्न अनुमति नदिने भन्दै तर थुप्रै कम्पनीहरुले त्यसो गरिरहेको समाचारमा उल्लेख छ ।

यस्तो अवस्थामा त्यसरी भिजिट भिसामा आएकाहरु कम्पनीहरुको शोषणमा परेको अवस्थामा पनि त्यस्ता व्यक्तिहरुले श्रम कानून अनुरुप न्याय माग्न नसक्ने क्लाईडी एण्ड कम्पनी ईण्टरनेशनल ल फर्मका सारा खोजाले भनेका छन् । 

कानूनमा के छ ?

सन् १९७३ को संघिय कानून नं ६ को दफा ११ अनुसार भिजिट भिसामा आएका विदेशी नागरिकले कुनै ज्याला लिने गरी वा स्वयंका लागि पनि काम गर्न पाउँदैन भन्ने प्रष्ट व्यवस्था गरेको छ । सन् २००७ को संघिय आदेश नं ७ अनुसार त्यसरी काम गरेको भेटिएमा रोजगारदातालाई प्रति कामदार ५० हजार दिराम जरिवाना हुने व्यवस्था छ । यस्तो कार्य दोहोरिएको भएमा जरिवाना पनि दोव्वर हुने व्यवस्था छ ।

यसरी कार्यरत विदेशी नागरिकलाई भनें युएई निकाला गरिने र आजिवन पुनः युएई आउन नपाउने व्यवस्था कानूनमा छ । केहि प्राविधिक खालका पदहरुमा भनें भिजिट भिसामा आएर काम गर्ने अनुमति छ । यसमा जाभा प्रोगामर, टेक्निकल कन्सल्टेन्ट लगायत छन् ।

यो पनि पढ्नुहोस् मलेसियामा कार्यरत नेपाली भन्छन्स् मलेसिया त नखुलेकै राम्रो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय