
काठमाडौं, पुष २५-
भोली(विहिवार) देखी गण्डकी प्रदेशबाट समेत श्रम स्वीकृति सेवा सुरु गर्ने तयारी सरकारले गरेको छ । पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालय भोलीदेखी पुनः श्रम स्वीकृति सेवा आरम्भ गर्ने श्रम मन्त्रालयको तयारी रहेको श्रम मन्त्री गोकर्ण विष्टका मिडिया संयोजक मदन खनालले जानकारी दिएका छन् । सुरुमा पुनः श्रम स्वीकृति सेवा सुरु गरिएको र चाँडै श्रम स्वीकृतिको काम पनि सुरु हुने मन्त्रालयले यसअघि नै बताएको छ ।
सेवा शुभारम्भका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, मन्त्रालयका सचिव महेश प्रसाद दहाल समेत उपस्थिति हुने उनले जनाए ।
साथै भोलीदेखि नै पोखरामा प्रधानमन्त्री रोजगार कार्यक्रमका सन्दर्भमा गण्डकी प्रदेशको प्रदेश र स्थानीय तहसँगको २ दिने अन्तरक्रियात्मक गोष्ठी राखिएको छ ।
यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेशबाट नै श्रम स्वीकृतिको व्यवस्था मिलाउने कार्यक्रम बनाए अनुरुप प्रदेशबाट यो सेवा सुरु भएका हो ।
यो पनि पढ्नुहोस् मलेसिया रिटर्नीले सुरु गरे सामुहिक व्यवसाय