मलेसिया रिटर्नीले सुरु गरे सामुहिक व्यवसाय

काठमाडौं, पुष २५-

बैदेशिक रोजगारमा मलेसिया गएर फर्केका नेपाली युवाले सामुहिक रुपमा व्यवसायमा हात हालेका छन् । गत हप्ता काठमाडौंमा एका कार्यक्रमका बीच मलेसिया रिटर्नी समाज नेपाल नामक संस्था गठन गरेका उनीहरुले काठमाडौंको अनामनगरमा सहयात्रा नामको रेष्टुरेण्ट सुरु गरेका हुन् ।

 

मलेसिया रिटर्नी समाजमा आवद्ध ८ जना मिलेर सुरु गरिएको सो रेष्टुरेण्टको बुधवार युवा परिषदका उपाध्यक्ष माधव ढुँगेलले उद्घाटन गरे । उनले बैदेशिक रोजगारबाट फर्केका युवाले यसरी स्वदेशमा नै  उद्यम सुरु गर्नु एकदमै सह्रानिय काम भएको बताए । उनले यस्तो प्रयासलाई वर्तमान सरकारले पनि सघाउने भन्दै युवा परिषदका तर्फबाट पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाए ।

मलेसिया रिटर्नी समाजका अध्यक्ष सुनिल चालिसे, महासचिव रामचन्द्र नेपाल लगायतले सो अवसरमा मन्तव्य राखेका थिए । महासचिव नेपालका अनुसार छिट्टै नै समाजमा आवद्ध रिटर्नीहरुले काठमाडौंमा यातायातसँगै तरकारी, तथा तराईको जिल्लामा माछा र कर्णालीमा र्याफ्टीङ व्यवसाय सुरु गर्ने तयारी गरेका छन् ।

यो पनि पढ्नुहोस् नेपालीका लागि मलेसियाको रोजगारी खुल्न अझै कम्तीमा दुई महिना लाग्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: