नेपालीका लागि मलेसियाको रोजगारी खुल्न अझै कम्तीमा दुई महिना लाग्ने

क्वालालम्पुर, पुष २४-

मलेसियामा नेपाली कामदार कहिलेदेखि र कुन प्रकृयाबाट ल्याउने भन्ने टुँगिन अझै दुई महिना लाग्ने भएको छ । विदेशी कामदार लिने सम्वन्धि नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले यसका लागि अझै दुई महिना लाग्ने बताएको छ ।

मलेसियाको अनलाइन द सनका अनुसार कार्यदलले विदेशी कामदार लिने(विशेषगर नेपाली) पूर्ण रिपोर्ट दुई महिनाभित्रमा सरकारलाई बुझाउने भएको छ । मानव संशाधन राज्यमन्त्री महफुज ओमारले हाल पनि रिपोर्ट छलफलकै क्रममा रहेको भन्दै विदेशी कामदार सोही रिपोर्टका आधारमा लिइने बताए ।

विदेशी कामदारका सम्वन्धमा कुनै पनि नीति सोही कार्यदलको सुझाव अनुसार तय हुनेछ उनले भने यो समस्या(कामदार अभाव) छिट्टै सुल्झिनेमा हामी आशावादी छौं ।

गएको जेठ महिनामा नेपाल सरकारले मलेसिया जाने नेपाली श्रमिक धेरै आर्थिक ठगिमा परेको भन्दै सो प्रकृयामा संलग्न रहेका संस्थाहरुलाई अवैधानिक ठहर गर्दैै बन्द गरिदिएको छ । सो घटना पश्चात नेपाली कामदार मलेसिया जान पाएका छैनन् । यसले मलेसियामा कामदारको अभाव चर्किएको छ । यस पछि नेपाल र मलेसियाबीच श्रम समझदारी भएपनि बाँकी प्रकृया नमिलेका कारण अझै पनि नेपाली कामदार मलेसिया गएका छैनन् ।

यो पनि पढ्नुहोस् विदेशबाट सामान ल्याउन कडाई, धेरै सामान ल्याउनेको विमानस्थलमै जफत हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय