विदेशबाट सामान ल्याउन कडाई, धेरै सामान ल्याउनेको विमानस्थलमै जफत हुँदै

काठमाडौं, पुष २४-

बैदेशिक यात्रा वा बैदेशिक रोजगारबाट फर्केकाहरुले के के बस्तु भन्सार छुटमा ल्याउन पाउँछन् र के कुरा समदर भन्सार तिरेर ल्याउन पाउँछन् भन्ने बारेमा धेरैको चासो देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार विदेशबाट फर्केका यात्रुहरुले ल्याउने लुगाफाटा, विछ्यौना, घर गृहस्थीका पुराना सामानमा भन्सार लाग्दैन । यसैगरी औषधी उपचार गराएर फर्केका विरामीले ल्याएका औषधी(चिकित्सक ले सिफारिस गरेका) मा पनि भन्सार छुट हुन्छ ।

विदेशबाट आउनेले आफ्नो साथमा १ लिटरसम्मको एक बोतल मदिरा पनि भन्सार छुटमा ल्याउन पाउँछन् । श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएर लगातार १२ महिना विदेशमा काम गरेर फर्केका नेपालीले एक पटकका लागि ल्याएको ३२ ईन्चको एउटा टीभीमा पनि भन्सार तिर्नु पर्दैन । तर सो भन्दा ठुलो आकारको टीभी भएमा भन्सार लाग्नेछ ।

विदेशाट आउनेले ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्म चाँदीका गहना तथा एक लाख रुपैंयाँको जवाहरत जडित गहनामा भन्सार लाग्दैन । तर काँचो सुन ल्याएको भएमा आफूले ल्याएको १ सय ग्राम काँचो सुन मध्ये पहिलो ५० ग्रामसम्म प्रति १० ग्रामको ५ हजार रुपैंया र ५० ग्राम भन्दा माथिको प्रति १० ग्राम ६ हजार २ सयको दरले भन्सार तिर्नुपर्ने व्यवस्था छ । यसअघि काँचो सुन विना भन्सार शुल्क ल्याउन पाउने व्यवस्थाका कारण युएई लगायतका मुलुकबाट सुन तस्करी बढेको निश्कर्ष सहित सरकारले भन्सार शुल्क लगाउन थालेको हो ।

यसैगरी विदेशबाट ल्याइएको ट्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोवाइलफोन र पेन ड्राइभ एक एक थान विना भन्सार शुल्क ल्याउन पाउने व्यवस्था छ । 

यसैगरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार म्युजिक सिष्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो, सिडी प्लेयर र भिसिडी प्लेयर एक एक सेट समदर(विदेशमा किनेको मूल्य बरावर) भन्सार तिरेर ल्याउन पाइन्छ । शरिरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटीक्स लगायत बढीमा १५ थान समदर भन्सार शुल्क तिरेर ल्याउन पाइन्छ ।

यसैगरी मिक्सर, जुसर, सिलाई मेसिन, राइसकुकर जस्ता समान दुई दुई थान समदरमा भन्सार शुल्क तिरेर ल्याउन पाइने बस्तु हुन् । १० किलोसम्म खाद्य परिकार, चिकित्सक, ईञ्जिनियर जस्ता पेशाकर्मीको दक्षता अभिवृद्धिका ल ागि आवश्यक पर्ने सामान दुई दुई थान पनि समदरमा भन्सार शुल्क तिरेर ल्याउन पाइन्छ । तर विदेशमा प्रयोग गरी ल्याएको सामान्य सामानहरु जस्तै रक्तचाप नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीका लागि फूटवल, भलिवल,  व्याडमण्टन सेट तथा गायक, गायिका, संगीतकारहरुको गितार, हारमोनियम, तवला जस्ता सामानको भन्सार शुल्क तिर्नु पर्दैन ।

यो पनि पढ्नुहोस् लाखौं तिरेर युरोप आउनेहरु समस्यामा, अधिकाँशको गन्तव्य पोर्चुगल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: