
लक्ष्मण सापकोटा,युएई,पुष २३-
युएईमा १२ जना महिला सहित २ सय नेपालीले विभिन्न जेलमा जेल जीवन विताइरहेका छन । नेपाली दुतावास आवुधावीले आइतवार विज्ञप्ती जारी गर्दै यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
युएईमा रहेको आठवटा जेलको भ्रमण गरेर तथ्याङ्क तयार पारेको दुतावासले जनाएको छ । जेलमा परेका नेपालीमा १२ महिला र १ सय ८८ पुरुष छन् । मादक पदार्थ सेवन गरेर जेल पर्नेको संख्या सवैभन्दा धेरै छ । जेल परेका २ सय नेपाली मध्ये १ सय १६ जना मादक पदार्थ सेवनको कारण जेल परेका हुन् ।
दुतावासले भ्रमण गरेको युएईको ८ वटा जेल मध्ये सवैभन्दा धेरै अल अथ्वा सेन्ट्रल जेलमा ९४ पुरुष र ४ महिला छन । त्यस्तै दुवई सेन्ट्रल जेलमा ६४ पुरुष र ४ महिला, सारजहा सेन्ट्रल जेलमा ७ पुरुष र ३ महिला, अजमान र रसअल खैइमा सेन्ट्रल जेलमा समान ४/४ जना पुरुष, अलअइन जेलमा १४ पुरुष र फुजेरा सेन्ट्रल जेलमा १ महिला १ पुरुष रहेका छन् ।
यो पनि पढ्नुहोस् लाखौं तिरेर युरोप आउनेहरु समस्यामा, अधिकाँशको गन्तव्य पोर्चुगल