बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि १० लाख ऋण: के कुरा थाहा पाउन जरुरी छ ?

काठमाडौं, पुष २० 

बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि सरकारले सहुलियत व्याजदरमा बाणिज्य बैंक मार्फत १० लाखसम्म ऋण दिने कार्यक्रम ल्याएको सो कार्यक्रमका बारेमा अहिले पनि धेरै युवाले जान्न खोजेर पनि कतिपय विषयमा अलमल देखिएको

ऋण लिन चाहने त्यस्ता व्यक्तिले नजिकैको कुनै वाणिज्य बैंकमा सम्पर्क गरेर बुझ्न सक्छन् यसैगरी बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पनि यस प्रकृयामा सहजिकरणका लागि फारम लिएर श्रम तथा रोजगार मन्त्रालयलाई बुझाउने गरी फारम संकलन गरिरहेको सो ऋण लिन चाहनेहरुका लागि केहि उपयोगि जानकारीः

कार्यविधिमा बैदेशिक रोजगारबाट फर्केका युवा भन्नाले श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा महिना सम्वन्धित तालिम पेशा, व्यवसाय, क्षेत्रमा काम गरी फर्केको तीन बर्ष ननाघेको व्यक्ति हुनुपर्छ भनिएको

विदेशबाट फर्केकाहरुका लागि सरकारले १० लाखसम्म सहुलियत व्याजमा कर्जा दिने भनेको यस्तो ऋण बर्षका लागि लिन सकिन्छ यस्तो कर्जा बैंकहरुले दिन्छन् यो कार्यक्रम अन्तर्गत ऋण लिंदा बैंकले लिने व्याजमा सरकारले प्रतिशत तिरिदिन्छ

सरकारले बैंकको आधार व्याजदरमा दुई प्रतिशत थपेर व्याज तोक्न पाइने भन्ने व्यवस्था गरेको सजिलोसँग बुझ्न बैंकको कर्जाको आधार व्याज दर प्रतिशत भएमा बैदेशिक रोजगारबाट फर्केका व्यक्तिले ऋण लिंदा बैंकले १० प्रतिशत व्याज लिन सक्छ यसमा व्याजको प्रतिशत सरकारले तिरिदिन्छ त्यसैले  तपाईले तिर्ने व्याज प्रतिशत पर्न आउँछ यसमा थप कुनै पनि शुल्क लिन पाइन्न पछिल्लो समयमा सरदर ऋण लिनेले तिर्नुपर्ने व्याज प्रतिशतको हाराहारीमा पर्ने सरकारी अधिकारीहरुले बताएका छन् तर यसका बारेमा सम्वन्धित बैंकमा गएर नै बुझ्नु उपयुक्त हुन्छ

कति ऋण दिने, कति समय भित्र तिरिसक्नु पर्ने भन्ने कुरा बैंकले नै निर्धारण गर्न पाउँछन् ऋण माग्नेले गर्न खोजेको कामलाई हेरेर बैंकहरु यस्तो निर्णय गर्न स्वतन्त्र हुन्छन् त्यसैले कति ऋण दिने त्यसको भुक्तानीको किस्ताका बारेमा बैंकले नै तय गर्छन्

बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुमा रहेको ज्ञान तथा सीपसँग सम्वन्धित व्यवसाय सञ्चालन गर्न परियोजना नै धितामा राखेर बैंक वा वित्तिय संस्थाले ऋण दिनेछ त्यसैले यस्तो ऋण लिन तपाईले कुनै घर, जग्गाजमिन जस्तो कुरा धितोमा राख्नु पर्दैन

तर ऋण लिन चाहनेले आफूले गर्न खोजेको काम के हो त्यसको भनें राम्रो तयारी गर्नु, त्यसका लागि आवश्यक पर्ने लगानीको यकिन गर्नु, लगानी गरिने क्षेत्रबाट हुने आम्दानीको लेखाजोखा राम्रोसँग गर्नु मुख्य कुरा आफूले लिएको ऋण कसरी व्याज सहित बर्षभित्रमा भुक्तानी गरिसक्छु भन्ने आधार तयार पार्नेगरी परियोजना प्रस्तावना तयार पार्नु पर्दछ यो धेरै चुनौतिपूर्ण काम होइन तर आफूले गर्न खोजेको कामका बारेमा आफु स्पष्ट हुन सोही अनुसार लेख्नु पर्दछ अरु कसैलाई पैसा दिएर परियोजना प्रस्ताव लेखाउनु भनेको पैसाको वर्वादि मात्र हो त्यसैले आफूले के गर्न खोजेको हो, राम्रोसँग सोचविचार गरेर आफैं लेख्नु उचित हुन्छ   

बैदेशिक रोजगारबाट फर्केका यो ऋण लिन चाहने व्यक्ति कुनै पनि देशको स्थायी बसोवास जस्तै पिआर, ग्रिनकार्ड जस्ता कुरा नलिएको हुनुपर्दछ यस्तो ऋण लिन चाहनेले उद्यम सञ्चालन तथा ऋण उपयोग कसरी गर्ने भन्ने संक्षिप्त प्रस्ताव तयार पारेर बुझाउनु पर्दछ यस्तो कर्जा लिन चाहनेहरुलाई आवेदन फारम भर्न यसअघि नै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सुचना समेत निकालिसकेको बोर्ड मार्फत प्रकृया अगाडी बढाउन चाहनेले पुष मसान्तभित्रमा बोर्डमा निवेदन दिन सक्नेछन्  

जो व्यक्तिले यस्तो ऋण लिन चाहन्छन् उनीहरुले पासपोर्ट अर्थात राहदानी भिसाको फोटोकपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाहरुले त्यसको प्रतिलिपि बुझाउनुपर्छ यसैगरी त्यसरी निवेदन दिने व्यक्ति कम्तीमा महिना सम्वन्धित तालिम, पेशा, व्यवसाय वा क्षेत्रमा काम गरेको कागजात त्यो मुलुकमा आफूले पिआर, ग्रिनकार्ड जस्ता कुरा लिएको छैन भन्ने आफैंले घोषणा गरेर लिखित बुझाउनु पर्छ

सवै प्रकृया पुर्याउँदा पनि तपाईलाई कुनै यस्तो ऋण लिन समस्या आइपरेमा नेपाल राष्ट्र बैंकले ०१४४ ११ ४०७ मा फोन गर्न आग्रह गरेको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय