
दोहा, पुष १९-
कतारको आन्तरिक मन्त्रालयले कुनै कम्पनीले आफ्ना श्रमिकको पासपोर्ट राखेमा त्यो कानून विपरित हुने र कारवाही हुने चेतावनी दिएको छ । द पेनन्सुलाका अनुसार मन्त्रालयका सरकारी अधिकारीहरुले यदि कुनै कम्पनीले त्यसो गरिरहेको भएमा प्रहरीमा नभई प्रशासन मन्त्रालयमा उजुरी हाल्न अनुरोध गरेका छन् ।
यसका बारेमा बुधवार भएको कार्यशालामा केहि मुलुकका सामुदायिक प्रतिनिधिहरुले गुनासो गरेका थिए । सो कार्यशाला कतार सरकारको एकिकृत सेवा विभागले दिने सेवाका बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरिएको थियो । भेलामा नेपाल सहित भारत, श्रीलंका, फिलिपिन्स, पाकिस्तान लगायतका मुलुकका सामुदायिक प्रतिनिधि सहभागि थिए । (तस्वीर रमजान अलि मियाँको फेसबुकबाट)
यो पनि पढ्नुहोस् विदेशमा कमाएको रकम कसरी जोगाउने, कहाँ लगानी गर्ने ?