विदेशबाट फर्केकाहरुका लागि १० लाख ऋणः परियोजना प्रस्ताव महत्वपूर्ण 

काठमाडौं, पुष १७-

बैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने र थप रोजगारी समेत सिर्जना गर्ने उद्धेश्यले सरकारले अगाडी बढाएको सहुलियत व्याजदरमा १० लाख ऋण दिने विषयमा अझै पनि धेरैमा अन्यौल देखिएको छ । फर्म भर्ने देखि त्यसका लागि आवश्यक पर्ने कागजातका बारेमा ऋण लिन चाहनेहरुमा अन्यौल छ ।

ऋण लिन चाहनेहरुलाई सम्पूर्ण आवश्यक कागजात सहित आफूले गर्न चाहेको कामको परियोजना प्रस्ताव तयार पारेर बुझाउन बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यसअघि नै आव्हान गरिसकेको छ । पुष मसान्तसम्म प्राप्त हुने निवेदनहरुलाई संकलन गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बोर्डले बुझाउने छ भनें त्यसपछि ति निवेदन अर्थ मन्त्रालय पठाइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताएका छन् ।

कार्यकारी निर्देशक श्रेष्ठले बढीमा ३ प्रतिशत व्याजदरमा उपलव्ध हुने सो ऋण नेपालमा नै कुनै व्यवसाय सुरु गर्न चाहने व्यक्तिका लागि उपयुक्त अवसर भएको बताए । तर सो ऋण लिन चाहनेहरुले आफ्नो परियोजना प्रस्ताव तयार पार्दा विशेष ध्यान पुर्याउनु पर्ने उनको भनाई छ । “म गाई पाल्छु, म भैंसी पाल्छु भनेर दुई लाईन लेखेकै भरमा वाणिज्य बैंकहरुले ऋण नदिन सक्छन्” श्रेष्ठले भने “यसका लागि आफूले के काम गर्ने हो, त्यसको लगानी कति पर्छ, आम्दानी प्रतिफलको अवस्था कस्तो हुनेछ र बैंकले दिने भन्दा बढी लगानी पर्ने भएमा कसरी लगानी जुटाउने भन्ने जस्ता कुरा प्रस्तावपत्रमा सामेल हुनुपर्नेछ ।”

१० लाख सरकारले बाँड्न लागेको पैसा नभई यो बैंक मार्फत प्रदान गरिने सहुलियत दरको ऋण भएको भन्दै कार्यकारी निर्देशक श्रेष्ठले यसरी लगिएको ऋण बैंकसँगको सम्झौता बमोजिम तिर्नुपर्ने भएको हुँदा त्यसको बारेमा पहिले नै सजग रहन आग्रह गरे । उनले बैदेशिक रोजगारमा हुने कमाई बरावरको रकम नेपालमा नै गर्न सकिन्छ भन्ने आत्मविश्वास युवाहरुमा हुन जरुरी रहेको भन्दै श्रमको सम्मान गर्नुपर्ने बताए । “श्रमको सम्मान हाम्रो अभियान भनेर अव तपाईहरुले पनि अभियान चलाउन जरुरी छ”, मलेसियाबाट फर्केका नेपालीहरुको पहिलो भेलामा बोल्दै उनले भने “छिमेकी मुलुक भारतबाट आएकाहरुले नेपालमा ठूलो मात्रामा रकम कमाउने र भारत पठाउने गरिरहेका छन्, त्यो काम हामी आफैं गर्न सक्छौं ।” नेपालीमा जागिर खाने प्रवृत्ति बढी भएको तर उद्यमशील हुने कम बानी रहेको भन्दै उद्यमी बन्न आग्रह गरे ।

युवा परिषदका उपाध्यक्ष माधव ढुँगेलले बैदेशिक रोजगारबाट फर्केहरुले संगठित भएर आफूहरुका माग राख्न थालेकै परिणाम स्वरुप सहुलियत व्याजदरमा १० लाख ऋण दिने व्यवस्था आएको बताए । उनले काम गर्न चाहेर पनि बैदेशिक रोजगारबाट फर्केकाहरुलाई परियोजना प्रस्ताव लेख्न कुनै समस्या भएमा युवा परिषद त्यसमा सघाउन तयार रहेको बताए ।

कपाल काट्ने पेशा, सुनचाँदीको काम गर्ने कालिगढ लगायतका काम गर्ने छिमेकी मुलुकका नागरिकले बर्षेनी अर्वौं रकम आफ्नो मुलुक लगिरहेको भन्दै त्यस्ता काममा लाग्ने हो भनें पनि विदेशमा गरेजति कमाई हुन सक्ने उनको भनाई थियो ।

मलेसिया रिटर्नी समाज नेपालको सो भेलामा एनआरएन, मलेसियाका महासचिव सुन्दर आले, बुद्धि भट्टराई, राजेश राई, कोपिला गौतम लगायतले बोलेका थिए । भेलामा विभिन्न प्रदेशका गरी झण्डै १ सय ५० जना सहभागि छन् ।

यो पनि पढ्नुहोस् मलेसियामा सिकेर फर्केको सीपले नेपालमा सफलता (भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय