
काठमाडौं, पुष १५-
सरकारले बैदेशिक रोजगारमा जानेहरुलाई प्रदेशतहबाट नै श्रम स्वीकृति दिने कार्यको सुरुवात गर्दैछ । आज(आइतवार) देखि यस्तो सेवा सुरु हुन लागेको हो । आज दुई ठाउँबाट यस्तो सेवा सुरु हुनेछ भनें सुरुमा पुनः श्रम स्वीकृति दिने सरकारले तयारी गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आइतवार प्रदेश नं २ को जनकपुर र प्रदेश नं ५ को बुटवलबाट सेवा सुरु हुनेछ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीका अनुसार श्रम तथा रोजगार कार्यालयहरुबाट प्रारम्भीक चरणमा पुनः श्रम स्वीकृति सेवा प्रदान, बैदेशिक रोजगारी सम्वन्धि ईजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन र नियमन तथा सरोेकारवालाहरु बीच बैदेशिक रोजगारीको सूचना तथा जानकारीहरु सम्प्रेषण गर्ने एवं गुनासोहरुको सुनुवाईको काम हुनेछ ।
मन्त्रालयका अनुसार बाँकी प्रदेशहरुको श्रम तथा रोजगार कार्यालयहरुमा पनि बैदेशिक रोजगारी सम्वन्धी सेवा प्रवाह गर्ने आवश्यक व्यवस्था मिलाई सकिएका कारण अन्य प्देशहरुमा पनि छिट्टै सो सेवा सुरु हुनेछ । यसले बैदेशिक रोजगारमा जान चाहनेहरुले हाल पुनः श्रम स्वीकृतिका लागि राजधानी काठमाडौं नै धाउनु पर्ने र पुनः श्रम स्वीकृति लिन चाहनेहरुले केहि दिन पर्खिनुपर्र्ने समस्याकोे अन्त्य हुने अपेक्षा छ ।
गोकर्ण विष्ट श्रम मन्त्री भएपश्चात उनले श्रम स्वीकृतिलाई प्रदेशबाट नै उपलव्ध गराउने बाचा गरेका थिए ।
यो पनि पढ्नुहोस् मलेसियाको रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेला हुँदै, सामुहिक लगानीको सम्भावना खोजिने