एनआरएनएले आयोजना गर्यो निःशुल्क स्वास्थ्य शिविर

लक्ष्मण सापकोटा,युएई,पौष १५-

युएईको राजधानी आवुधावीमा शुक्रवार निःशुल्क स्वास्थ्य जाँच सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको आयोजनामा आवुधावी स्थीत अहलिया अस्पतालको सहयोगमा एक दिने स्वास्थ शिविर सम्पन्न भएको हो ।

युएईमा रहेर श्रम गरिरहेका एकसय भन्दा वढि नेपालीले शिविरमा स्वास्थ्य जाँच गराएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष निर्मल कुमार पोख्रेलले जानकारी दिए । नेपाली नागरीकलाई मात्र लक्षित गरेर आयोजना गरिएको शिविरमा विभिन्न रोग विशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा आएका विरामीको निःशुल्क रगत जाँच , इसिजी, औषधि तथा अन्य आवश्यक जाँच पनि निःशुल्क गरिएको थियो ।

यो पनि पढ्नुहोस् मलेसियाको रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेला हुँदै, सामुहिक लगानीको सम्भावना खोजिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय