मलेसियाको रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेला हुँदै, सामुहिक लगानीको सम्भावना खोजिने  

काठमाडौं, पुष १४-

मलेसियाको रोजगारी पश्चात नेपाल फर्केकाहरुको राष्ट्रिय भेला जनवरी तारिखमा काठमाडौंमा हुने भएको मलेसियाको रोजगारी पश्चात नेपाल फर्केर आफ्नै व्यवसायमा संलग्न भइसकेका तथा के गर्ने भनेर अलमलमा रहेका सवैलाई समेटेर अगाडी बढ्ने उद्धेश्यले भेला आयोजना हुन लागेको हो

मलेसिया रिटर्नी समाज नेपालद्धारा आयोजना हुने सो भेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियन्ता मध्येका एक पत्रकार रामचन्द्र नेपालले बैैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेर फर्किएका नेपालीलाई एकत्रित गरी सामुहिक प्रयासहरुको थालनी गर्न तथा फर्र्किएका नेपाली आप्रवासीहरुको सञ्जाल विकास गर्न भेला आयोजना गर्न लागिएको बताए उनले यसले विदेशमा सिकेको सीपलाई नेपालमा सदुपयोग गर्न तथा एकिकृत रुपमा पुँजी  परिचालनमा सहयोग गर्ने अपेक्षा प्रकट गरे

यसैगरी मलेसिया रिटर्नी समाज नेपालले विदेशबाट फर्केर आएकाहरु तथा उनीहरुका परिवारलाई वित्तिय साक्षरताको बारेमा जानकारी अभिवृद्धि गर्ने, विदेशमा रहेका फर्केर आएकाहरुबीच सामुहिक लगानीको सम्भावना खोजि गर्ने, आपसी अनुभव आदानप्रदान गर्ने लक्ष्य राखिएको नेपालले बताए

सो अवसरमा जानकारी दिंदै अर्का अभियन्ता राजेश श्रेष्ठले यो समुह गैर राजनीतिक हुने मलेसियामा सिकेको सीप कमाएको केहि पुँजीलाई सामुहिक रुपमा लगानी गर्ने वातावरण बनाउन संगठन निर्माण गर्न लागिएको बताए उनले यसका लागि मन मिल्ने केहि व्यक्तिले आफ्नै समुह निर्माण गरी काम गर्ने वातावरण तयार गर्ने समेत बताए

पत्रकार सम्मेलनमा अर्का अभियन्ता सुनिल चालिसेले मलेसियामा सीप दक्षता हासिल गरेर फर्केकाहरुले नेपालमा आइसकेपछि सो अनुरुप रोजगारी पाउन समेत समस्या भइरहेको तथा सरकारी कार्यक्रमहरुमा संलग्न भएर काम थाल्न समस्या भोग्नुपरेको भन्दै त्यसमा सहजिकरणका लागि पनि मलेसियाबाट फर्केका नेपाली संगठित हुन अवश्यक रहेको धारणा राखे

जनवरी तारिखमा हुने भेलामा झण्डै तीनसय व्यक्ति सहभागि हुने अपेक्षा भेला आयोजकले गरेका छन् उनीहरुले सो भेलामा बैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहुलियत व्याजदरमा सरकारले दिने तयारी गरेको ऋणका विषयमा पनि जानकारी दिने कार्यक्रम यसैगरी भेलाले संगठनलाई विधिवत दर्ता प्रकृयामा लैजान तदर्थ समिति गठन गर्ने अपेक्षा गरिएको  

यो पनि पढ्नुहोस्  बैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप परिक्षणको आवेदन दिने समय थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय