
काठमाडौं, पुष ९-
सरकारले विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली श्रमिक पठाउन बन्देज लगाएको छ । सम्झौता अनुसार तलब सेवा सुविधा नदिने कम्पनीमा नेपाली श्रमिक पठाउनका लागि सरकारले रोक लगाएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार सम्झौता अनुसार तलब र अन्य सेवा सुविधा नदिनेमा मलेसियाका ५२ वटा कम्पनी छन् । यसैगरी साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) का पाँच/पाँचवटा कम्पनी रहेका छन् भने कतारका तीनवटा कम्पनीमा नेपाली श्रमिक पठाउन रोक लगाइएको विभागले जनाएको छ ।
विभागका निर्देशक भोलानाथ गुरागाईंले नेपाली श्रमिकलाई सम्झौता अनुसार तलब नदिने, समयमा तलब लगायत सुविधा नदिएको, श्रमिकलाई अलपत्र पारेको र समस्याग्रस्त अवस्थामा रहेका भन्ने उजुरीका आधारमा ती कम्पनीमा नेपाली श्रमिक पठाउन रोक लगाइएको जानकारी दिए ।
ती रोजगारदाता कम्पनीका लागि माग नेपाली श्रमिकको माग अस्वीकृति हुने भएकाले ती कम्पनीको माग नल्याउन नेपालमा सञ्चालित वैदेशिक रोजगार कम्पनीलाई निर्देशन गरिसकेको पनि उनले जानकारी दिए ।
रोक्का विदेशी कम्पनीहरुको सूचीका लागि यहाँ क्लीक गर्नुहोस्
यो पनि पढ्नुहोस् मलेसियामा सुरक्षित हुन यी कुरामा ध्यान दिनुस्